काठमाडौं । संसदबाट पास गरिएको नागरिकता विधेयक राष्ट्रघाती भन्दै शुक्रबार विरोध प्रदर्शनमा उत्रिएका स्वतन्त्र युवाहरुलाई बालुवाटारबाट प्रहरीले गिरफ्तार गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गर्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

सृजना वाग्ले, रोशन बर्मा, उषा किराँत, सरिता केसी, आकाश भट्ट, जनार्दन अधिकारी लगायका स्वतन्त्र युवाहरुलाई प्रहरी ले पक्राउ गरेर चक्रपथ प्रहरी चौकीमा राखिएको छ । बिहीबार पनि नागरिक्ता विधेयकको विरोध गर्ने केही युवालाई पहरीले समातेको थियो । उनीहलाई मालिगाउँ प्रहरी चौकीमा राखिएको छ भने उनीहरुविरुद्ध प्रहरीले अभद्र मुद्दा चलाएको छ ।

प्रतिनिधिसभाले साउन ६ गते ३ असोज २०७२ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने प्रावधानसहित नागरिकता विधेयक पारित गरेको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

six − one =