१ साउन २०७९ लण्डन । अहिले यूरोपमा तापमान वृद्धिका कारण जनजीवन अस्तव्यस्त हुन गएकोछ । बेलायतमा ‘रेड अलर्ट’ जारी गरिएको छ भने,  राष्ट्रिय आपतकालिन घोषणा गरिएको भन्ने सन्नमा आएको छ । बेलायतको इतिहासमै यसपटक सबैभन्दा बढी तापक्रम वृद्धि हुने बताइएको छ । मंगलबारसम्म लन्डन आसपासका क्षेत्रमा ४० डिग्रीभन्दा बढी तापक्रम वृद्धि हुने अनुमान गरिएको छ । सर्वसाधरणलाई आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने भएको छ । पानी तथा बत्तीमा समस्या आउन सक्ने,  मोबाइल फोनको नेटवर्कमा समस्या आउन सक्ने तथा सडक,  रेल र हवाई सेवामा समेत ढिलाइ हुनसक्ने छ । अत्यधिक गर्मीका कारण ज्यानको खतरा हुनुका साथै गम्भीर प्रकृतिको रोगको समेत जोखिम हुनसक्ने बताइएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनसमेत अनुरोध गरिएको छ ।

यता पोर्चुगल,  स्पेन र दक्षिण पश्चिमी फ्रान्सका जंगलमा डडेलो लागेको छ । फैलिएको डढेलो नियन्त्रणको प्रयासमा हजारौं अग्नि नियन्त्रक जुटेका छन् । उत्तरी पोर्चुगलमा अग्नि नियन्त्रणमा खटिएका एक जना पाइलटको मृत्यु भएको छ । डढेलो प्रभावित हजारौं मानिस लगाएत जिब जन्तुलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलोका कारण सयौं हेक्टर जंगल नष्ट भएको छ र तेहाँ का जिव जन्तुहरु समेत मृत अबस्थामा फेला परेका छन्।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five × four =