मुस्कान

कविता

मुस्कानबिनाको
मुहार आतंकले
त्रसित छन मान्छे ।

बिना मुस्कानको
स्कुल
घर
अफिस
रेष्ट्रुरा
घर
मन्दिर
अस्पताल
कारागार
भेट
बिदाई
प्रेम
यौन
कविता
कथा
गीत
समाचारमा,

मान्छेहरु खाली पन्नाजस्तो
अनुहार बोकेर भड्किरहेछन् ।
छाँया बनेर गुजारिरहेछन्
संवेदनाहिन दैनिकी ।

यो विस्माती घडिमा,
तपाईँ र म नै त हौँ नामुद पागल यो सहरको
आउनुस
एक बोतल आँसु बोकेकोछु आँखामा
तपाईँ आफ्नो मुटुको सितन बनाउनुहोस
र पिउँ मुसुमुसु मुस्काउँदै

पिएस्पी चाम्लिङ राई

Submit a Comment

Your email address will not be published. Required fields are marked *

9 − 7 =