३१ साउन, रौतहट । राजदेवी नगरपालिकाका पूर्वमेयर तथा निर्माण व्यवसायी धिरेन्द्र सिंहलाई पराजित गर्दै कृष्णदेव यादव  निर्माण व्यवसायी संघ, रौतहटको अध्यक्षमा निर्वाचित भएका छन् ।

संघको सातौ साधारण सभामा भएको निर्वाचनमा  १२ मतले धिरेन्द्रलाई पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित यादवले १६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिंहले १४८ मत प्राप्त गरेका थिए ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा सर्वाधिक १८० मत प्राप्त गर्दै  उपेन्द्रकुमार यादव निर्वाचित भएका छन् । उपाध्यक्षमा उपेन्द्र यादव, महासचिवमा श्रीकान्तप्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी निर्वाचित भएका छन् ।

संघको क्षेत्रीय उपाध्यक्षहरूमा क्रमश पवन किशोर साह, प्रमोद कोइरी र रामवषिष्ठ राय यादव निर्वाचित भएका छन् ।

सदस्यहरुमा वीरेन्द्र प्रसाद, नितेश यादव, सवीन्द्र नारायण साह, प्रमोदकुमार यादव, सरोजकुमार यादव, विवेक सिंह, सुनरजितकुमार गिरी, मुरलीधर यादव, मोहम्द मनिर शेख निर्वाचित भएको निर्वाचन अधिकृत छोटेलाल दासले बताए ।

साधारण सभामा सहमतिको प्रयास सफल नभएपछि आइतबार गौरमा निर्वाचन भएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

20 − fourteen =