२३ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सबै प्रदेशहरुलाई स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न दिन तयार भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकमा स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले मेसिन उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेशस्थित सम्बन्धित यातायात कार्यालयहरुबाट नै लाइसेन्स छपाइ गर्ने निर्णय भएको हो । अहिले यातायात व्यवस्था विभागले मात्रै लाइसेन्स छपाइ गर्छ । यसका कारण देशभर लाइसेन्स परीक्षा पास भएकाहरुले दुई वर्षसम्म लाइसेन्स नपाउने अवस्था बनेको छ ।

यो समस्या समाधानका लागि भएको बैठकमा सबै प्रदेशहरु आफ्नै कार्यालयहरुबाट लाइसेन्स छपाइको व्यवस्थामा लागि तयार भएको यातायात मन्त्रालयका एक अधिकारीले बताए ।

यस्तै ट्रायल पास भएकै दिनमा परीक्षणकालीन लाइसेन्स जारी गर्न प्रदेशका यायातमन्त्रीहरु सहमत भएका छन् ।

मन्त्री मोहम्मद इस्तियाक राईले यसअघि नै स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बीनीमा दुई र प्रदेश १ र मधेश प्रदेश लगायतका सबै प्रदेशमा एकएक स्थानमा गरी स्मार्ट लाइसेन्स छपाइ गर्ने बताएका थिए ।

उनले दुई-तीन वर्षदेखि आवेदन दिएर स्मार्ट ड्राइभिङ लाइसेन्स कुरेर बस्ने सबैलाई ड्राइभिङ अनुमतिपत्र परीक्षामा पास भएको दिन वा दोस्रो दिन नै स्मार्ट लाइसेन्स पाउने व्यवस्था गरिने बताएका थिए ।

मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिक प्रहरीको हातमा उपलब्ध गराउने र ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याउने पनि बताएका छन् ।

 

5 Comments

  1. Joseph Joseph

    Dear,

    I came across newupdatenews.com and wanted to share this great free AI tool.
    With this tool you write content 10 times faster and with much higher conversion rates.
    You can use the tool for free via freeaiwriting.com

    The AI can write blogs, advertising copy, youtube videos and even entire books.
    We would love to hear your feedback.

    Kind regards,
    Bram
    Freeaiwriting.com

    Reply
  2. Joseph Joseph

    Dear,

    I came across newupdatenews.com and wanted to share this great free AI tool.

    With this tool you write blogs and ads 10 times faster and with much higher conversion rates.
    You can use the tool for free via freeaiwriting.com

    The AI can write blogs, advertising copy, youtube videos and even entire books.
    We would love to hear your feedback.

    Kind regards,
    Joseph
    Freeaiwriting.com

    Reply

Submit a Comment

Your email address will not be published. Required fields are marked *

12 + two =