अल्भारो मोराटाले दुई गोल गरेपछि एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा गेटाफेलाई ३–० ले हराएर शानदार सुरुवात गरेको छ ।

अर्को गोल एन्टोनी ग्रीजमनले गरे । तीन वटै गोलका लागि सहयोग गर्दै जाओ फेलिक्सले असिस्टमा ह्याट्रिक गरे ।

गेटाफेको मैदानमा भएको खेलमा मोराटाले १५औं र ५९औं मिनेटमा गोल गरे । ग्रीजमनले ७५औं मिनेटमा गोल गरे । क्लिन सिटसहित जितपछि एट्लेटिको ३ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ ।

ला लिगाकै अन्य खेलमा रियल बेटिसले एल्लेलाई ३–० ले हराउँदा एथ्लेटिक विल्वाओ र मालोर्काले गोलरहित बराबरी खेलेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

20 − three =