आज २०७९ असोज ०६ गते बिहीबार । 22 September 2022 Thursday । तपाईको आजको दिन कस्तो रहनेछ ?
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries
तपाईंलाई आजको दिन गुप्त बिद्या तथा ज्ञान प्राप्त होला, खानपान तथा मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भईएला, वैदेशिक यात्रा तथा रोजगारको अवसर पनि प्राप्त होला।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus
आजको दिन तपाईंमा नयाँ नयाँ सोच र बिचारको उदय होला, साहित्यिक तथा रचनात्मक कार्य गरिएला,कुनै पनि पद तथा नेतृत्व प्राप्त होला, तिर्थयात्रा पनि हुनसक्छ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini
आजको दिन तपाईंलाई उच्च पद प्राप्ति हुनसक्छ, कुनै पनि परिक्षामा उतिर्ण भईएला, विभिन्न प्रकारका उन्नति र प्रगतिले तपाईंलाई उत्साहित गराउला।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer
तपाईं आजको दिन कुनै पनि मांगलिक सहभागी हुनुहुनेछ, विभिन्न प्रकारका धन तथा सम्पत्तिको लाभ होला, आजको दिन कुनै तिर्थयात्रा तथा पुजापाठमा सहभागी भईएला।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo
आजको दिन विशेषरूपमा होशियार रहनुहोला, अनावश्यक खर्च तथा व्ययले मन खिन्न रहला , मान तथा सम्मानमा हानि होला, आजको दिन भगवान गणेशको आराधना गर्नाले राम्रो हुन्छ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo
आजको दिन तपाईंमा निरोगिता तथा आरोग्यता आउला, बल बुद्धि तथा तेजमा वृद्धि होला, धनार्जनको योग हुनाको साथै तपाईंलाई देख्नेहरु मोहित होलान् ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra
आजको दिन तपाईंले बोलचाली तथा व्यवहारमा परिवर्तन गर्नुहोला नत्रभने विवादमा फसिएला, आजको दिन अखाद्य भोजन खानाले स्वास्थ्यमा समस्या आउनसक्छ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio
आजको दिन तपाईंको पराक्रममा वृद्धि होला, मान,सम्मान, यश तथा प्रतिष्ठामा वृद्धि होला, रहनसहन व्यक्तित्वमा बिकासका साथसाथै उद्योग तथा व्यवसायमा लाभ होला।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius
आजको दिन कुनै नयाँ गाडी घोडा तथा जग्गा जमीनबाट फाइदा होला,आमाको साथ तथा आमाको स्वास्थ्यमा सुधार होला। स्थान परिवर्तनको योग छ , आजको दिन बिशेष व्यक्तिसँग भेट होला।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn
आजको दिन तपाईंलाई शिक्षा क्षेत्र अति लाभदायक रहनेछ, कुनै पनि पृयजनसँगको भेटघाटले मन प्रसन्न रहला, संतानको साथ सहयोगका साथसाथै उपहार तथा पुरस्कार प्राप्त हुनसक्छ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius
आजको दिन तपाईंका शत्रुहरु पराजित हुनेछन् ,कुनै पनि मुद्दा मामिला जितिएला, ऋण तथा रोग पनि कम हुँदै जालान, तर पनि दिउँसो तिर चोटपटकको भय रहनेछ ।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
आजको दिन तपाईंको गुमेको वा नसोचेको धन प्राप्त होला , पत्नी सुख तथा प्रेममा वृद्धि हुनेछ , आफ्नो काम कार्यमा स्वतन्त्रता प्राप्त होला तै पनि आजको दिन कामबासनामा वृद्धि हुनसक्छ।