काठमाडौं । राष्ट्रिय नागरिक पार्टीले नागरिकता विधेयक रास्ट्रपति विद्यादेवि भण्डारीले पास नगर्नुमा राजनीतिक दलको असक्षमता एबम राजनीतिक दाउपेच जिम्मेवार रहेको बताएको छ ।
पार्टीका महामन्त्री बीबि थापाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागतयोग्य कार्य गरेको बताएका छन । यो गैरसंवैधानिक कदम चालिनुपर्ने परिस्थितिको दोष राष्ट्रपतिले होइन संसद्ले बोक्नु पर्छ, राजनीतिक दलहरुले जनतालाई जबाफ दिनुपर्छ |
राष्ट्रिय नागरिक पार्टीका प्रबक्ता विकास उप्रेतीले नागरिकता विधेयकका लागि राष्ट्रपतिले सन्देश सहित संसदमा पठाए पछी संसद र संसदीय समितिमा छलफल नगराई अर्थहीन बनाएर गठबन्दन सरकारले गल्ती गरेको पार्टीले ठहरगरेको बताएका छन । राष्ट्रिय नागरिक पार्टीलेले भनेको छ, ‘सत्ता पक्षको बलमिच्याइँ गरेर यो परिस्थितिको सिर्जना भएको हो ।
संसद नरहेको अबस्थामा विधेयकलाई चुनावी एजेण्डाको रुपमा प्रयोग दूषित राजनीतिक नगर्न चेतावनी दिदै प्रकब्ता विकास उप्रेतीले ५ बर्ष गुमनाम हुने अनि चुनाबको बेला नागरिकता बिधेयक आउनु दुखत कुरा हो | नागरिकता नभएको नेपाली जनताले नागरिकता पाउनु पर्छ तर अन्तर्राष्ट्रिय अभ्यासलाई हेरिनुपर्छ ।