काठमाडौंको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाइ सार्वजनिक गरिएको छ । शुक्रवार प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो । काठमाडौंको गोठाटारमा गत ३ असोजमा गोली हानीे हत्या गर्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ गरेका तीनैजना २१ वर्ष मुनिका रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताउनु भयो ।
उहाँले पक्राउ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको र घटनामा अन्य केही व्यक्तिहरु पनि संलग्न रहेको खुलेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘घटना सम्बन्धमा प्रहरीको विशेष टोलीले अनुसन्धानका विभिन्न विधि प्रयोग गरेर घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न भएर फरार रहेकालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा दिएको छ । घटनामा संलग्न २१ वर्षका पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १६ का मोहम्मद महारम मिँया रहेका छन् । उहाँले हतियार व्यवस्थापन तथा योजना बनाउने काम गर्नुभएको थियो । दोस्रो १९ वर्षका पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १४ मा रेहान मिँया रहेका छन् । उसले पनि हतियार व्यवस्थापन तथा योजना रहेको थियो ।
एसएसपी बोहराले अहिलेसम्म घटनाको अन्तिम बिन्दु कहाँसम्म पुग्छ भन्ने निस्कर्ष ननिस्किएको बताउनु भयो । उहाँले वास्तविकतासम्म पुग्न समय लाग्ने बताउनु भयो ।