पंचायत कालमा पार्ट्रि प्रतिवन्ध हुंदा हामीले नेता लाइ लुक्ने आस्रय दियौं, खुवायौ, बाटोखर्च दियौ, लत्ता कपडा दियौं, जुता चप्पल दियौं , चन्दा दियौ।सुरच्छित तरिकाले लुकाएर गन्तवय सम्म पुर्यायौं। माओवादिका रापमा वाच्यौ, तापमा वाच्यौं,चन्दा आतङ्कमा वाच्यौ, कतिले भाट्रेकारवाही भेट्रेउ,वाल वच्चा गुमयौं,आफन्त गुमायौं पतिवर्तन का लागि भनेर जन सेना वनाउने नाममा छोरा छोरि वुझायौं, जग्गा गुमायौं,उठिवास भोग्यौं, भागेर वाच्यौं, लुकेर वाच्यौं,देशभित्रै सरणार्थि भएर वांच्यौं।
त्यस पछि लोक तन्त्र आएपछि झण्डा उठायौ,उत्सव मनायौं,नाच्यौं गायौं,शान्ति , समृद्दि, अमन चयन,सुशासनको नाममा दियो वाल्यौं, चुनावका समयमा फेरि चन्दा दियौं, नेतालेसरकार दिए, नेताले सरकार ढाले,केहिले थोर वहुत डकारे,कतिले हकारे,देश निथारे,देश चिथारे,सुशान ल्याउन भनेर विदेशी पुकारे, राजदुतावास धाउन थाले, विदेशी विना भिसा स्वतन्त्र रूपले आउन थाले,उनैका इशारामा उनैका लागि हित हुने शन्धी सम्झ्येता मा नेता नाच्न थाले, देश भित्रै देश खोज्न पर्ने स्थिति ल्याए र भन्न थाले देश अमेरिका हुदैछ, देश भारत हुदैछ, देश चिन हुदै छ,देश श्रीलङ्का हुदैछ।एउट्रै देश यति धेरै देश भए पछि मौलिक देश को अस्तित्व खोज्न हामी कहा जाने? ३३वर्षकाो समयमा कतिले देशलाइ हङ्कङ वनाउछौ भनेर चुना लडे, कति शिङगापुर वनाउछौं भनेर चुनाव लडे, कति समृद्द नेपाल वनाउछौं भनेर चुनाव लडे ,कतिले रेल ल्याउछौ भनेर चुनाव लडे, तर दिएत रैथाने नेताले केही? दिएत रैथाने पाट्रिले केही?
-हरि नारायण उपाध्याय