नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आउँदाे प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा पहिलो कम्युनिस्ट पार्टी बन्ने दाबी गर्नुभएको छ ।आज पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा माओवादीलाई नै नागरिकले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको दाबी गर्नुभयाे ।अध्यक्ष दाहालले पालिका चुनावबाट देशवासीले देशको राजनीति कता लैजाने भन्नेकुराको निर्णय गर्न माओवादीलाई रोजेको दाबी गर्नुभएकाे छ । उहाँले माओवादी नेता, कार्यकर्ताहरुले नागरिकको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मेहनत नगरेको बताउनु भयो । उहाँले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आउँदाे चुनावमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिस्ट पार्टी बन्ने दाबी गर्नुभयाे ।पार्टीले उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले पालिका चुनावबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको चुनावमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकताबद्ध ढङ्गले पार्टी अघि बढ्ने बताउनु भयो । उहाँले माओवादी पार्टी कमजोर भए र माओवादी र नागरिकको सम्बन्ध सदृढ, सुमधुर हुन नसके कुनै पनि बेला सङ्घर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो ।अध्यक्ष दाहालले नेकपा (माओवादी केन्द्र) लाई वैचारिक ढङ्गले परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । समाजवादको लागि कम्युनिस्टहरुबीचमा एकताको आवश्यक रहेको भन्दै अध्यक्ष दाहालले व्यावहारिक सङ्घर्षलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको उल्लेख गर्नुभयो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

six + 4 =