प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको अधिवेशन हुन लागेको हुँदा प्रतिगमन भयो त भनेर प्रश्न गरेका छन्।

शनिबार बसेको प्रतिनिधि सभाको अन्तिम बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई जवाफ फर्काएका हुन्। देउवाले यसअघि सम्बोधन गर्दै परमादेशबाटै सरकार आएको हुँदा सँगै बसेर काम गर्न मौका मिलेको बताएका थिए। त्यसको जवाफमा उनले चुनाव घोषणा गरी संसद अन्त्य गर्दा प्रतिगमन गरेको बताएका हुन्।

प्रधानमन्त्रीजीले भन्नुभयो- संसद पुनर्स्थापना भएको हुनाले हामी आजसँगै भेट्न पाएका छौं। फेरि चुनाव घोषणा गर्नुभएको छ,’ उनले भने, ‘आजबाट अन्त्य हुँदैछ भनेपछि तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ, यसको अर्थ यही हो ? होइन भने गत वर्ष वैशाखमा चुनाव भइसक्थ्यो।

त्यसबेला कुनै प्रणाली वा संविधान हटाउन नलागेको बताए। ‘प्रतिनिधि सभाको निर्वाचन गत वर्ष वैशाख १७ र २७ गते हुन्थ्यो र नयाँ संसद आउँथ्यो। प्रतिगमन कहाँबाट हुन्थ्यो ? यस्ता कुराहरू गर्नु वाञ्छनीय हुँदैन,’ उनले भने।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

9 − six =