बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डाैमा उपस्थित गराइएको छ ।

गएको बिहीवार आत्मसमर्पण गरेका लामिछानेलाई आज पहिलो पटक अदालतमा उपस्थित गराइएको हो ।

लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक बिदा परेकाले उनलाई अदालतमा उपस्थित गराइएको थिएन । अहिले जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गएको बिहीवार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

लामिछानेमाथि एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छन् ।

गएको भदौ २१ गते सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थि

Submit a Comment

Your email address will not be published. Required fields are marked *

twenty + 4 =