काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा मतदान रोक्ने प्रयास भएपछि प्रहरीले पाँच जिल्लामा गोली चलाएको छ । रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा गोली चलेको हो । मतदान रोक्ने प्रयास र झडपको स्थिति सिर्जना भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि गोली चलाइएको थियो। देशभर २७ ठाउँमा मतदान स्थगित भएको छ । तीमध्ये कतिपय ठाउँको मतदान पुनः सुरु भइसकेको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eleven − three =