४ मंसिर, काठमाडौं । आइतबार फिफा विश्वकपको उद्घाटन समारोह कतारको स्थानीय समय अनुसार साँझ पाँच बजे (नेपाली समयअनुसार राती पौने ८ बजे) देखि सुरु हुनेछ । कतार र इक्वेडर बीचको उदघाटन खेल कतारी समय अनुसार साँझ ७ बजे (नेपाली समय अनुसार राती पौने १० बजे) देखि सुरु हुनेछ ।
साँझ सबैको ध्यान कतारको अल खोरस्थित अल बायेट रंगशालामा केन्द्रित हुनेछ । जहाँ फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ ।
फिफा विश्वकपको उद्घाटन कार्यक्रम नेपालमा हिमालय टेलिभिजन र हिमालय प्रिमियम टेलिभिजनफे प्रत्यक्ष प्रशारण गर्नेछ । विश्वकपको उद्घाटन हेर्न दर्शकले शुल्क तिर्नु पर्दैन । सोमबारदेखि सुरु हुने खेलका लागि भने शुल्क तिर्नुपर्नेछ । करिव एक महिनासम्म चल्ने विश्वकपको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय प्रिमियम एचडी टेलिभिजनले गर्नेछ ।
Share this:
i87tvv