काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लहाकार एवं इञ्जीनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा डेढ वर्षभित्र भ्यूटावर निर्माण सम्पन्न भई सञ्चालन हुने जानकारी दिनुभयो ।

विसं २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार २०७५ फागुनभित्र कम्पनीले भ्यूटावरको निर्माण सम्पन्न गर्नपर्ने थियो । तोकिएको अवधि सकिएको चार वर्ष पुगेको छ । तर कम्पनीले भने निर्माण सम्पन्न हुन अझै थप साढे एक वर्षसम्म लाग्ने जनाएको हो । उहाँले भन्नुभयो, “संरचनाको अधिकांश आधारभूत काम सकिँदैछ । अब सुपर स्ट्रक्चर (बाहिर देखिने स्वरुप) बाँकी छ । महानगरको सहयोग पाए एकदेखि डेढ वर्षभित्र भ्यूटावर सञ्चालनमा ल्याउँछौँ ।”

प्राविधिक परामर्श र निर्माणको अवधि थप गर्न पनि सकिन्छ । यसका लागि महानगरले विज्ञहरूसँग छलफल गरिरहेको छ ।” निर्माण कम्पनीको गुनासो जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका सञ्चालक मनोज भेटवाल बैंकिङ कसुर मुद्दामा पक्राउसमेत पर्नुभयो । तर सञ्चालकको विवादले निर्माणमा प्रभाव नपरेको इञ्जीनियर रिजालको भनाइ छ । “ढिला भएको स्वीकार गर्छौँ, तर यी वर्षमा काम नै नभएको होइन”, उहाँले भन्नुभयो, “भूकम्प र कोभिड–१९ले निर्माण प्रभावित भयो ।

अर्को मुख्य कारण महानगरको सहयोग कम्पनीले पाएन ।” महानगरपालिकाको सहयोगबिना एकतर्फी काम गरिरहेको कम्पनीका सञ्चालक मनोज भेटवाल बताउनुहुन्छ । उहाँले भ्यूटावरका लागि १२ तला भवनले सम्झौताअनुसारको फाइदा आफूलाई गर्न नसक्ने भन्दै थप तलाको संरचना पनि बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “बाह्र तलामा नक्सापास भएको हो । डिपिआरअन्तर्गत ३२ तला बनाउन पाउनुपर्छ । नत्र हामी त डुबिहाल्छौँ नि ।” काठमाडौँ महानगरले टावर १२ तलामा सीमित हुने बताउँदै आएको छ । काठमाडौँ घोषणा २०६८ मा महानगरको स्रोत परिचालन तथा सार्वजनिक साझेदारीमा पुरानो बसपार्कलाई विकास र व्यवसायीकरण गर्न निजी क्षेत्रसँग खुला प्रतिस्पर्धाद्वारा व्यावसायिक साझेदारी गर्न उल्लेख गरेको छ ।

महानगरका निर्देशक धुव्र काफ्ले भन्नुहुन्छ, “बहुतलीय, बहुउद्देश्यीय काठमाडौँ टावर बनाउने योजना काठमाडौँ घोषणामा समेटिएको थियो । त्यहीअनुसार पुरानो बसपार्कलाई सिटी बसपार्कका रूपमा सञ्चालन गर्न काठमाडौँ भ्यूटावरको नाम दिइयो ।” उहाँले चक्रपथ वरिपरिका साना तथा ठूला सवारीसाधनका लागि सुविधासम्पन्न बसपार्क बनाउने मुख्य उद्देश्यसहित भ्यूटावर निर्माणको योजना सुरु भएको बताउनुभयो । यात्रुले खोजेको सबै सेवासुविधा सिटी बस टर्मिनलको उद्देश्यसहित भ्यूटावरको नाम दिइएको हो ।

उहाँका अनुसार महानगरसँग यसका लागि बजेट अभाव भएपछि सार्वजनिक निजी–साझेदारीको प्रक्रियामा गएको थियो । तेइस रोपनी पाँच आना जग्गामा विसं २०७१ फागुन २२ मा काठमाडौँ महानगर र जोइन्ट भेन्र्चस जलेश्वर, स्वछचन्द र बिकोइ बिल्डर्स प्रालिबीच सम्झौता भएको थियो । अदालत र अख्तियारमा परेको उजुरीको फछ्र्यौटपछि २०७३ साउन ३० गते कम्पनीले कार्यादेश पाएको थियो । सम्झौताअनुसार २०७५ फागुनभित्र २३ तले भ्यूटावर निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।

निर्माण कम्पनीले निर्माणअवधिसहित ३० वर्षको अवधिसम्म सञ्चालन गर्न पाउने सम्झौता भयो । विसं २०७२ को भूकम्पपछि सम्झौताको शर्तका आधार परिवर्तन भयो । भ्यूटावर ३२ तला बन्ने भनिएकामा १२ तलाको संरचनाको नक्सा पास भएको थियो । २०७२ कात्तिक २५ गते भवनको शिलान्यास भएको थियो । भ्यूटावरभित्र सिनेमा हल, सपिङ मलदेखि टर्मिनलको व्यवस्था हुने बताइएको छ । जग्गाको ४० प्रतिशत भूभागमा भ्यूटावर भवन बन्दैछ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

7 + four =