८ असार, गोरखा । नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकहरुको संख्या १८० पुगेको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा २२ जुन २०२३ मा आयोजित एक संक्षिप्त समारोहमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र संयुक्त राष्ट्रसंघका लागि क्यामरुनका स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थोले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =