काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकमा भ्रष्टाचार रोक्न टिप्पणी उठाउनेको हातमाहत्कडी लगाउन नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० उद्घाटन समारोहलाई सम्बोधनगर्दै मन्त्री गुरुङले मुलुकमा सुशासन पहिलो शर्त हुनुपर्ने बताए ।
उनले भने ‘ यो मुलुकमा सुशासन स्थापना गर्नको लागि, यो मुलुकलाई भ्रष्टचार मुक्त बनाउनको लागि टिप्पणी उठाउनेहरुको हातमामात्र हत्कडी लगाएर सुशासन स्थापनाहुँदैन् । ’
मन्त्री गुरुङले भाषण भन्दा पनि काम गर्न पर्ने बेला आएको र व्यवहारिक काम गरेर विभिन्न समस्याहरुसंग लड्नु पर्ने बताए।
उनले भने ‘ मुलुक सुधार्न आफै सुध्रिन आवश्यक छ । आफैले व्यवहारिक भएर देखाउनु पर्छ । भाषण त सबैले गर्छन् भाषण गरेर कोही पनि थाक्दैनन् । भाषणले मात्र चिउरा भिज्दैन् नि? त्यसैले अहिले हामीले गफ भन्दा पनि काम गर्नु पर्ने बेला आएको छ । ’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =