काठमाडौँ । आर्थिक वर्ष २०७९/०८० रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आ.व. को वार्षिक तथ्यांक अनुसार असार मसान्त सम्म- २१.२ प्रतिशतले वृद्धि हुँदै १२ खर्ब २० अर्ब ५६ लाख रुपैयाँ रेमिट्यान्स देश भित्रिएको छ । अघिल्लो वर्ष रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरको विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । त्यसै गरी समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९.२० प्रतिशतले बढेको थियो। त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । स्वदेशमा रोजगारीको सम्भावना नरहेकोले बैदेशिक रोजगारी प्रति निकै आकर्षण बढेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =