धादिङ्ग
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।
बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रहरी उपरीक्षक मिश्रका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
प्रहरी रिपोर्ट यस्ताे रहेको छ:-
प्र.चौ.जोगिमारा धादिङ (बाग्मती प्रदेश) नेपाल
बिषयः सवारी दुर्घटना सम्बन्धि ।
मिति २०८०/०५/०२ गते अं.०४:४५ बजेको समयमा जि.धादिङ बेनिघाट रोराङ गा.पा.९ हुग्दि खोला स्थित पृथ्विलोकमार्गमा तुल्सिपुर दाङबाट काठमाण्डौं तर्फ जादै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नं.को बस आफै अनियन्त्रित भई सडकको दाहिने किनारा तर्फ पल्टिन जाँदा बसमा सवार घाईतेहरुलाई मलेखु राजमार्ग हस्पिटल तर्फ पठाईएको,बिबरण आउन बाँकी रहेको,उक्त स्थानमा प्र.चौ.जोगिमाराबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटि गएको,घाईतेहरुलाई उद्वार गरी अस्पताल तर्फ पठाउने कार्य भईरहेको,बस घटना स।थलमै,बाटो अबरोध नभएको,उक्त स्थान प्र.चौ.जोगिमाराबाट अं.१/२ मि. पुर्व पर्ने अन्य वि.वि.पछि ।
निम्न :-
टिचिङ अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरुः-
१)जि.सल्यान सबेश्वरी गा.पा.३ बस्ने बर्ष २४ को राजेन्द्र पुन,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर।
२)ऐ.ऐ.बस्ने निजको छोरा बर्ष ६ को आशिष के.सि.,टाउको/अनुहार/बाया खुट्टामा चोट,अबस्था गम्भिर।
३) ऐ.ऐ.बस्ने निजको श्रीमती बर्ष ३२ कि रेखा के.सि.,टाउको/अबुहार/हातमा चोट,अबस्था मध्यम ।
४) जि.काभ्रे धुलिखेल न.पा.१० बस्ने बर्ष ५९ को नारायण धिमाल,टाउकोमा र कम्मरमा चोट,अबस्था मध्यम ।
५) ऐ.ऐ.बस्ने बर्ष ५० कि रेखा वली धिमाल,टाउको र ढाडमा चोट,अबस्था मध्यम ।
६) जि.दाङ बबैई गा.पा.५ बस्ने बर्ष २३ को प्रदिप श्रीस,दाहिने हात/कुम्मा चोट,अबस्था मध्यम ।
७) ऐ.ऐ.बस्ने निजको श्रीमती बर्ष २२ कि मञ्जु श्रीस,निधारमा चोट,अबस्था मध्यम ।
८)जि.दाङ तुल्सिपुर न.प..७ बस्ने बर्ष ३३ को बिजय के.सि,टाउको र दाहिने हातमा चोट,अबस्था मध्यम।
९) जि.रुकुम (पुर्बी) सिस्ने गा.पा.८ बस्ने बर्ष ३१ को योगेश बुढा,हात/खुट्टामा चोट,अबस्था मध्यम ।
राजमार्ग अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरुः-
१०) जि.सल्यान.बाघचौर न.पा.१० बस्ने बर्ष ५० को मान बहादुर खड्का,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर ।
११) जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१४ बस्ने बर्ष २८ को प्रेम पुन,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर ।
१२) जि.दाङ दागीशरण न.पा.१ बस्ने बर्ष ८५ को शिबलाल बि.क.,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर ।
१३) ऐ.ऐ.बस्ने बर्ष २८ को खडक बि.क,दाहिने हात/खुट्टामा चोट,अबस्था मध्यम ।
१४) जि.सल्याण बाघचौर न.पा.९ बस्ने बर्ष ४८ को धन बहादुर वली,शरीरको बिभिन्न भागमा चोट,अबस्था मध्यम ।
१५) जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१० बस्ने बर्ष ३२ को प्रबिण वली,शरीरको बिभिन्न भागमा डचोट,अबस्था मध्यम ।
१६) ऐ.ऐ.१३ बस्ने बर्ष २८ को सचिन बिष्ट,टाउको/हात/खुट्टामा चोट,अबस्था मध्यम ।
१७) जि.दाङ भालुबाङ गा.पा.१ बस्ने बर्ष ३८ कि सलमा खातुन,टाउको/हातमा चोट,अबस्था मध्यम ।
१८) ऐ.ऐ.बस्ने बर्ष ३८ को मोहमद हुसेन,ढाडमा चोट,अबस्था मध्यम ।
१९) जि.दाङ तुल्सिपुर उ.म.न.पा.५ बस्ने बर्ष ३० को मनोज खड्का, खुट्टा/हात/टाउकोमा चोट,अबस्था मध्यम ।
२०)जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१४ बस्ने बर्ष ३० को बिरेन्द्र के.सि.,टाउको र दुबै हातमा चोट,अबस्था मध्यम ।
घटना स्थलबाट उपचारार्थ काठमाण्डौ पठाईएका घाईतेहरुः-
२१)जि.दाङ तुल्सिपुर उ.म.न.पा.४ बस्ने बर्ष २६ को बिमल चौधरी,ढाड/अनुहार/टाउकोमा चोट,अबस्था मध्यम ।
२२) ऐ.लमही न.पा.५ बस्ने बर्ष ३० को गोपाल मल्ल,टाउको र ढाडमा चोट,अबस्था मध्यम ।
२३) ऐ.ऐ.बस्ने बर्ष ४६ कि बुद्धि माला के.सि.,ढाडमा चोट,अबस्था मध्यम ।
२४) ऐ.ऐ.बस्ने बर्ष ५४ को खुम प्रसाद खत्री,मुख र ढाडमा चोट,अबस्था मध्यम ।
२५) ऐ.ऐ.घोराही न.पा.१३ बस्ने बर्ष ४३ कि पद्मा गिरी,टाउको र हातमा चोट,अबस्था मध्यम ।
२६) जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१० बस्ने बर्ष ३० को यज्ञ बहादुर वली,टाउको र हातमा चोट,अबस्था मध्यम ।