काठ्माण्डौ
गृह मन्त्रालयले राम्रो काम गरिरहेको अवस्थामा अकस्मात् नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेकाे छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरुको सरुवा गरेको हो।
काठमाडौं उपत्यकाको(मेट्रो )कमान्ड एआईजी दीपक थापालाई दिईएको छ । नेपाल प्रहरीमा व्यावसायिक प्रहरी अधिकृतको परिचय बनाएका एआईजी थापा डीएसपी हुँदा काठमाडौं उपत्यकाकै प्रहरी बृत महाराजगन्ज र एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको नेतृत्व सम्हालिसकेका छन् । हालका आईजीपी पछिका भावी आईजीपीको रुपमा हेरिएका थापालाई महत्वपुर्ण कार्यालयमा सरुवा गरेर त्यसको छनक दिएको छ ।
प्रशासन विभागमा एआईजी मिरा चौधरीको सरुवा भएको छ भने कार्य विभागमा उपत्यका प्रहरी प्रमुखबाट एआईजी श्याम ज्ञवालीको सरुवा भएको स्रोतले बतायो ।
नेपाल प्रहरीको एकेडेमी प्रमुख रहेका एआईजी टेक प्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ भने मानवस्रोत विभाग प्रमुख रहेका सन्दिप भण्डारीको एकेडेमीमा सरुवा भएको छ। स्मरण रहोस् जब गृह मन्त्रालयको जिम्मा नारायण काजी श्रेष्ठले समाले यता नेपाल प्रहरी बाट अप्रत्याशित रूपमा कार्य गतिविधि हुँदै आइरहेको थिएँ।यस सरुवाले कतै त्यो रफ्तारलाई असर पुर्याउने त होईन भन्ने जनमानसमा आशंका पैदा भएको छ।