काठमाडौं ।
संसदको अवरोध हटाउने प्रयासस्वरुपप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले बोलाएको बैठक जारी छ ।
सिंहदरबारस्थितप्रधानमन्त्रीकार्यालयमाजारी छलफलमा संसद खुलाउन सत्तापक्ष र प्रतिपक्षको भूमिकाबारे छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्रीसहितउपप्रधानतथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीयदलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतकपदमगिरि, रास्वपा सभापति रवि लामिछाने, राप्रपाकाअध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरु सहभागी छन् ।
यसअघि सदन सुचारु गर्ने विषयमा सभामुखले बोलाएको प्रमुख सचेतकतथा सचेतकबीचको बैठक निष्कर्षविहीनभएको थियो ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागिबोलाइएको बैठक दलहरुबीचको छलफल नसकिएकाले अझै सुरु भएको छैन् ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।