काठमाडौं ।

सडकमा व्यापार–व्यवसाय गर्ने साना व्यवसायीआन्दोलित भएका छन्।
आईतबार काठमाडौंको सभागृह अगाडि‘गरिबको चमेलीबोल्दिने कोही छैन’भन्ने गीत गाएर साइकल, गाडा, परम्परागत सडक, मजदूर उद्यमीका लागि सम्मानजनक वैकल्पिक नीति व्यवस्था माग गर्दै यसअघि सडकमा व्यापार गर्दै आएका व्यापारीले महानगरपालिका विरुद्ध प्रदर्शन गरेका हुन् ।
इनअफ इज इनअफ अभियानको अगुवाईमा भएको प्रर्दशनमा अभियन्ता विनोद देउवाले महानगरपालीका का बालेन शाहले फुटपाथे भनेर हेपेको भन्दै सडकमा व्यापार गर्नु रहर नभएर बाध्यता भएको बताए ।
उनले जग्गा बाँझो छोडेर सडकमा बसेको हो भन्ने लागेमा छानबिन गर्न माग गरे ।
उनले भने,‘हामी पनि तपाईलाई विकासमा अवरोध गर्न चाहदैनौं विरोधी हैनौं । विकासमा हामी पनि सहयोग गर्न चाहान्छौं । तपाई फुटपाथे भनेर यसरी नहेप्नुहोस् मेयर साहेब । हामी पनि केही गरौं भन्ने छ । यस्तो गर्नुभयो भने हाम्रो छोराछोरी भोकै छन् । अब खाते बनाई दिनी छोराछोरीलाई ? जग्गाबाँझो छोडेर यहाँ बसेका छैनौं त्यस्तो लाग्छ भने छानबीन गर्नु ।’
उनले महानगरको नीतिले १० हजार भन्दा बढी दैनिक ज्यालादारीमा निर्भर परिवारहरूलाई दुई छाक टार्नै गाह्रो भएको दुखेसो गरे ।
मेयर शाहले विना विकल्प जीविको पार्जनका लागि काम गर्नेहरुको विजोग बनाएको उनीहरुको आरोप छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

one × two =