काठमाडौँ
ललितपुर जिल्लामा केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटका,भुईचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको टोलीले मिति २०८०/०५/०२ गते अं. १५:०० बजेको समयमा जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोल कानदेवतास्थान स्थित जितेन्द्र कुमार जैसवालले भाडामा लिई गोदाम बनाई राखेको कोठाबाट ३१ वटा बोरामा रहेका ROCKET BOMS,KING COBRA,FIREWORKS, SIVAKASI समेत लेखिएको ५०० के.जीभन्दा बढी विभिन्न किसिमका आतिसबाजी/पटकाहरू सहित निजजितेन्द्र कुमार जैसवाललाई पक्राउ गरी विष्फोटक पदार्थ सम्बन्धी कसूरमाआवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाइएको प्रवक्ता/सुचना अधिकारी प्रहरी उपरीक्षक:- मिलन के.सी.ले जानकारी दिएका छन् ।
पक्राउ व्यक्तिः-
- नामः जितेन्द्र कुमार जैसवाल
- उमेर : २८ वर्ष
ठेगानाः जिल्ला बारा कलैया उपमनपा वडा नं. १९
हाल जिल्ला ललितपुर सानेपा ।