काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार गरेका छन् ।
सिंहदरबार स्थित मन्त्री शर्माको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सूचना प्रविधिको क्षेत्रमा हुन सक्ने सहकार्यका बारेमा कुराकानी भएको छ ।
नेपालको आर्थिक समृद्धिको प्रमुख आधार अब सूचना तथा सञ्चार प्रविधि हुने उल्लेख गर्दै उहाँले यो क्षेत्रको विकास गर्न राष्ट्रहितमा हुने गरी सबैसँग सहकार्य गर्न इच्छुक रहेको उनको भनाई छ ।
‘सबै वडा तहसम्म इन्टरनेट विस्तार गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को हुनेछ ।नेपालको सूचना तथा सञ्चार प्रविधिको विकासका लागि कोरिया लगायत अन्तर्राष्ट्रिय समुदाय सँग जीटूजी, पिटूपी (सरकार–सरकार, जनता–जनता) सहयोग आदान प्रदान गर्न हामी इच्छुक छौं ।’
उनले अहिले चलिरहेको डाटा सेन्टर स्थापनामा कोरियाले गरेको सहयोगको स्मरण र प्रशंसा गर्दै उहाँले यसलाई थप सुरक्षित र भरपर्दो बनाउने बताएकी छन् ।
राजदूत तइयोङले नेपालले साइबर सुरक्षाका लागि पारित गरेको साइबर सुरक्षा नीति र पहल महत्वपूर्ण भएको बताए ।
कोरिया नेपालमा बैदेशिक लगानी गर्ने चौथो मुलुक रहेको जानकारी दिंदै उहाँले सूचना प्रविधि क्षेत्रमा लगानी बढोस् भन्ने कोरियाको चाहना रहेको उनको भनाई छ ।