काठमाडौं।
साउदी सीमा सुरक्षा गार्डहरूले युद्धग्रस्त यमन पार गरेर साउदी अरेबिया पुग्ने सयौं इथियोपियन आप्रवासीको गोली हानी हत्या गरेका छन् । आप्रवासीहरूले बिबिसीलाई बताएअनुसार उनीहरूको गोलीबाट धेरैको हात काटिएका छन् र कयौंको शवहरू यत्रतत्र छाडिएका छन् ।
यद्यपी साउदी अरेबियाले भने यसअघि नै योजनाबद्ध हत्याका आरोपहरू अस्वीकार गर्दै आएको छ । ह्युमन राइट वाच (एचआरडब्लु)को प्रतिवेदनका अनुसार साउदी सुरक्षा गार्डहरूले आप्रवासीमाथि गोली वर्षाएका थिए । साउदी प्रहरी एवं सैनिकहरूले उत्तरी सीमामा आप्रवासीहरूलाई विस्फोटक हतियारको निसान बनाएको र गोली हानेको एचआरडब्लुको तिवेदनमा उल्लेख गरिएको छ ।
बिबिसीले छुट्टाछुट्टै गरेको सम्पर्कमा आप्रवासीहरूले रातको समयमा ठूलो संख्यामा कामको खोजीमा सीमा पार गरिरहेका बालबालिका र महिलाहरूसहितको इथियोपियन समूह आगोमा परेको बताएका थिए । २१ वर्षीय मुस्तफा सोफिया मोहम्मदले बिबिसीलाई भने, “गोलाबारी जारी रह्यो ।” उनका अनुसार गत वर्षको जुलाईमा सीमा पार गर्न खोज्दा गोलाबारीमा परी ४५ जना आप्रवासीहरूको समूहका केही मारिएका थिए । “मलाई गोली लागेको थाहा भएन,’ उनले भने, ‘जब उठेर हिँड्न खोजेँ, मेरो खुट्टाको एक भाग थिएन ।”
उनका अनुसार यमनी र इथियोपियाली तस्करहरूको खतरा, भोकमरी र हिंसायुक्त तीन महिनाको यात्रा क्रूर थियो, अराजक अन्त्य रह्यो ।भिडियोमा मुस्तफाको देब्रे खुट्टा लगभग पूर्णरूपमा काटिएको देखाइएको थियो । उनको खट्टा घुँडामुनि काटिएको थियो । अहिले उनी इथियोपिया फर्केर आफ्ना बाआमासँग बसेका छन् । उनी बैसाखी र कृत्रिम अङ्ग लिएर हिड्दै छन् । “म साउदी अरेबिया गएँ किन भने म आफ्नो परिवारको जीवन सुधार्न चाहन्छु,” दुई सन्तानका बुबाले भने, “तर म जे आसा गरेर गएको थिए, त्यो पूरा भएन, अब मेरा बाआमाले मेरा सबै कुरा गर्नुपर्छ ।”
आप्रवासीहरू हिड्ने यमनका मुख्य बाटोहरू चिहानहरूले भरिएका छन् । त्यस्तै उत्तरी यमनको अधिकांश भागलाई नियन्त्रण गर्ने हुथी विद्राहीद्वारा सञ्चालित राजधानी सानामा रहेको हिरासत केन्द्रमा आगलागी हुँदा दर्जनौं आप्रवासी मारिएका छन् । तर, एचआरडब्लको पछिल्लो प्रतिवेदनका अनुसार दुव्र्यबहारका प्रकृति फरक हरेका छन् । प्रतिवेदनका प्रमुख लेखिका नदिया हार्डम्यानले बिबिसीलाई भनिन्, “हामीले संकलन गरेका दस्तावेजका अनुसार मूलतः सामूहिक हत्या हुन् ।”
मार्च २०२२ देखि यस वर्षको जुनसम्मको अवधिलाई समेट्ने त्यो प्रतिवेदनमा विस्फोटक हतियार र १४ वटा गोलीकाण्डहरू समावेश भएका २८ छुट्टाछुट्टै घटना विवरण समेटिएका छन् । हार्डम्यानले भनिन्, “बाँचेकाहरूले मलाई पाठाएका सयौं ग्राफिक तस्बीर र भिडिायोहरू मैले देखेको छु । तिनीहरूले धेरै डरलाग्दो चोटहरू र विस्फोटका घाउहरू चित्रण गर्छन् ।’
लेखकहरू भन्छन्, सीमा पार गर्दाका कठिनाइले कति मानिसहरू मारिएका छन् भनेर ठ्याक्कै थाहा पाउन असम्भव छ । “हामी न्यूनतम ६५५ भन्छौँ, तर त्यो हजारौँ हुन सक्छ,” हार्डम्यानले भने, “हामीले तथ्यगत रूपमा प्रस्तुत गरेका छौँ कि दुव्र्यवहार व्यापक र व्यस्थित छन्, यो मानवता विरूद्धको अपराध हुन सक्छ ।”
साउदीद्वारा घटना अस्वीकार
साउदी सरकारले उक्त आरोपलाई गम्भीरताका साथ लिएको बताएको छ । हत्याहरू व्यवस्थित र ठूलो मात्रामा थिए भन्ने कुरा संयुक्त राष्ट्रसंघको विशेषतालाई कडाइका साथ अस्वीकार गरेको छ । “उपलब्ध गराइएको सीमित जानकारीका आधारमा सरकारले जनाफ दिएको छ,” उसले भनेको छ, “राज्य भित्रका अधिकारीहरूले आरोपहरूको पुष्टि वा पुष्टि गर्ने कुनै जानकारी फेला परेका छैनन् ।”
तर गत महिना संयुक्त आप्रवासी केन्द्र, एक विश्वव्यापी अनुसन्धान सञ्जालले बाँचेकाहरूसँग लिएको अन्तरवार्ताका आधारमा सीमामा हत्याका थप आरोपहरू प्रकाशित गरेको थियो । यसको प्रतिवेदनमा सीमा क्षेत्रमा सडेका लाशहरू छरिएका, कब्जा गरिएका आप्रवासीहरूलाई साउदी सामी सुरक्षा बलले कुन खुट्टामा गोली हान्न चाहन्छन् भनी सोधेका छन् र मानिसको ठूलो समूहलाई आक्रमण गर्न डरलाग्दो मेसिन गन र मोर्टारहरू प्रयोग गरिएको छ भन्ने प्रमाणहरू समावेश भएका छन् ।
एचआरडब्लुको प्रतिवेदन अझै विस्तृत छ, धेरै प्रत्यक्षदर्शी आधार भनाइकामा तयार गरिएको र स्थानीय चिहानहरूको तस्बीरहरू प्रयोग गरिएको छ । प्रतिवेदनले सशस्त्र तस्करहरूले सीमानामा पु¥याउनु अघि राखिने यमनस्थित मोनाब्बिहमा रहेको हिरात केन्द्रको पनि पहिचान गरेको छ ।