काठमाडौं ।
बुधबार प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच बैठकले माओवादी नेता कृष्णबहादुर महरा जोडिएको सुन तस्करीका विषयमा छानविन गर्ने सहमति जुटाएका छन् । माओवादी नेता महरा र उनका छोरा राहुलको नाम जोडिएको इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानविन गर्ने बताइएको हो।

इलेक्ट्रिक सिगरेट भेपमा ९ केजी सुन तस्करी गरिएको प्रकरणमा महरा परिवारको नाम जोडिदै आएको छ । चिनियाँ नागरिक लीहानसोङ २०७९ पुष १० गते फ्लाई दुबईको उडानबाट नेपाल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएको छानविनबाट पुष्टि भएको थियो । भेप शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा नै राखेर थप अनुसन्धान अघि बढाइएको थियो । भेप भन्सार गोदाममा रहेको बेला केही कर्मचारीलाई प्रयोग गरी भेप उम्काउन हानसोङ लगायतको सुन तस्कर गिरोहको टोली सफल भएको थियो ।

स्थानीय बजारको भेप लगेर फेर्नु अघि अर्थात सुन भएको भेप छुटाउन महरा बाबु–छोराले भन्सारका कर्मचारी,सुन ल्याउने चिनियाँ नागरिक हानसोङ लगायतका गिरोहका सदस्यसँग बारम्बार टेलिफोन गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ । यस प्रकरणमा महराको नाम बारम्बार जोडिदा पनि सरकारले केही नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गर्दै आएका छन् । अझ देउवाले गृहमन्त्री श्रेष्ठलाई सरकारबाट हटाउनु पर्ने माग समेत प्रधानमन्त्री दाहाल समक्ष राखेका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =