काठमाडौं ।
भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ । मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै त्यहाँ रहेका कम्तिमा पनि १७ जना कामदारको मृत्यु भएको बताएका छन् ।
मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने समयमा त्यहाँ ३५ देखि ४० जना जति कर्मचारी/मजदुर कार्यरत थिए ।पुलको भग्नावशेषमा अझै धेरै व्यक्ति पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार नै मृतकका परिवारलाई जनही दुई लाख र घाइतेको उपचारको लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।