काठमाडौँ । जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. १२ स्थाई घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोट बस्ने बर्ष २७ को सुमन बुढाथोकी र बर्ष ३० को छबिलाल अधिकारी समेत २ जनाले बिनोदश्रेष्ठलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाईदिन्छु। त्यसको लागि प्रति व्यक्ति रु. ६,५०,००० अक्षेरुपी छ लाख पचास हजार रुपैयाँ लाग्छ,सर्बिया पुगेपछि कृषी फर्ममा काम लगाइदिन्छु,मासिक रु. ५०,००० भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु.१,५०,००० अक्षेरुपी एक लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज सुमन बुढाथोकी र छबिलाल अधिकारी समेत २ जनाको खोजतलास गर्ने क्रममा मिति -२०८०।०५।०६ गते सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी प्रहरी उपरीक्षक:-मिलन के.सीले जानकारी दिएका छन् ।