काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दान बहादुर कार्कीले, आफ्नो सरुवालाई सामान्य रुपमा लिएको टिप्पणी गरेका छन् ।
परिसरबाट सरुवा भएपछि आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा आफूले गरेका कामबाट आफू सन्तुष्ट रहेको बताउँदै सरुवालाई सामान्य रुपमा लिएको बताए ।

उनले भने ‘ आवश्यकता अनुसार सरुवा हुन्छ । सरुवा काम गर्नका लागि हो । आफ्नो तोकिएको काम गर्ने हो । मलाई तोकिएको काम मैले यहाँ गरे । अब आउनेले पनि गर्नु हुन्छ । कानूनले तोके बमोजिमको काम गर्ने हो । अर्को ठाउँ गएपनि मेरो काम निरन्तर हुन्छ । सामान्य छ यो कुरा । हाम्रो संगठनले दिएको भूमिका निर्वाह गर्ने हो । त्यसमा म खुसी छु ।’
उनले २०७९ माघ देखी २०८० श्रावण महिना सम्मको कार्यकालमा प्रहरी हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरेको विषयलाई उल्लेख्य कामको रुपमा अथ्र्याए ।
कैदीहरु आफ्नो शुद्धिकरणको लागि पुस्तकको प्रयोग गर्न सक्ने भन्दै प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको बताए ।
यस्तै, उक्त कार्यकालमा जिल्ला प्रहरी परिसर, काठमाण्डौ तथा मातहत समेतको सेवा लिन आएका सोह्र हजार पाँच सय पैसठ्ठी सेवाग्राही हरुलाई सेवा प्रदान गरेको र यस परिसर तथा मातहत कार्यालयहरुमा ८३ वटा सि.सि.टी.भी जडान गरेको बताए ।
उक्त ८३ वटा सि.सि.टी.भी १८ वृत कालिमाटी, बानेश्वर १६, जनसेवा १३, दरवारमार्ग १४, बालाजु ६, स्वयम्भु ५, प्रभाग कपन ४ र साँखु ७ वटा रहेको छ ।
उक्त अवधिमा बैंकिङ कसुरमा ४हजार ७ सय २३ निवेदन दर्ता भएकोमा ७ सय २१ जना पक्राउ परेको उनले जानकारी दिए ।
त्यस्तै अभद्र ब्यबहारमा १ हजार ९ सय १७, २ हजार ५ सय २० जना पक्राउ परेको र चोरी सम्बन्धी कसुरमा ४ सय २४ मुद्दा दर्ता भएकोमा ६ सय ४३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
त्यस्तै ठगीमा २४३ मुद्दा दर्ता भएको र १ सय ८१ जना पक्राउ परेको, लागुऔषधमा २ सय २२ दर्ता, ३ सय ८७ पक्राउ, आत्महत्या सम्बन्धी कसुरमा २ सय ४८ केश दर्ता भएको छ भने पक्राउ भने कोही परेका छैनन् ।
यस्तै, महिला तथा बालबालिका सम्बन्धी कसुरमा २सय २४ दर्ता, २१७ पक्राउ, सवारी ज्यान तथा अंगभंग सम्बन्धी कसुरमा ११५ दर्ता, ११८ जना पक्राउ, कर्तव्य ज्यानमा १३ दर्ता, १७ पक्राउ र अन्य अपराधमा ७९४ केश दर्ता र ११३६ जना पक्राउ परेको परिसरले जनाएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत माघदेखि साउन महिनासम्ममा काठमाडांै जिल्लाको विभिन्न स्थानहरुमा विभिन्न सरोकारवाला निकायहरुसँगको सहकार्यमा १ हजार ८ सय ५१ वटा कार्यक्रम सम्पन्न भएको र त्यसबाट १ लाख ४७ हजार ९ सय ५ जना लाभान्वित भएको परिसरको दाबी छ ।
त्यसैगरी उक्त अवधीमा राजनीतिक गतिविधिहरु पनि प्रशस्त रुपमा भएका छन् जसमध्ये धर्ना २३५, कोण सभा ५८, विरोध जुलुस ३४८, विरोध र्याली ९७, अनसन १२ र तालाबन्दी ४५ वटा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको आ.ब. २०७९ माघ देखी २०८० श्रावण महिना सम्मको कार्य सम्पादन बिवर (1)

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

5 − 2 =