काठमाडौं ।
ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ । निरन्तर परेको पानीपछि मकवानपुर र ललितपुरको सिमानास्थित कान्तिलोकपथको भट्टेडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको जनाएको छ । मौसम सुधार भएमा अपराह्नसम्ममा पहिरो पन्छाइने मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

16 − four =