काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय महोत्सवमा प्रदर्शन भएर चर्चा कमाएको चलचित्र ‘महानगर’ आजदेखि प्रदर्शनमा आउँदै छ ।
माउन्टेन रिभर फिल्मस् तथा गो विन प्रोडक्सन सँग मिलेर मिडल वे फिल्मस्को ब्यानरमा बनेको फिल्ममा कर्मा र मेनुका प्रधानको मुख्य भूमिका छ ।
मोहन राईको निदेर्शन मा बनेको चलचित्रमा शहरीकरण र त्यसका समस्याको सेरोफेरो समेटिएको छ ।
काठमाडौं शहरमा १ साँझ हुने दुई अपरिचित व्यक्तिको भेट र त्यसका कारण हुने प्रसंगहरु समेटिएको यो फिल्मले समिक्षात्मक रुपमा निकै राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ ।
सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मार्फत् विश्वभर प्रिमियर भएको फिल्मले त्यस पश्चात धेरै महोत्सवहरुमा प्रदर्शन भइसकेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

3 × four =