काठमाडौँ
नेशनल मोडल स्कुलले दोश्रो उपत्यकाव्यापी शिक्षक भलिबल प्रतियोगीता आयोजना गर्ने भएको छ । आज स्कुलको सभा हलमा आयोजित् प्रत्रकार सम्मेलन मा बोल्दै स्कुलका प्रिन्सिपल डी एन अधिकारीले जानकारी गराएका हुन् ।
प्रेस- बिज्ञप्ती
यस कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण शिक्षक शिक्षिका मित्रहरु, खेलप्रेमी महानुभावहरु , खेलाडी एवं प्रशिक्षकज्यूहरु ! आज यस नेशनल मोडल ई. सेकेण्डरी स्कूल बालाजु-१६, काठमाडाले शिक्षानै समाजको मेरुदण्ड हो भन्ने नाराका साथ शैक्षिक यात्रा तय गरेको २ दशक वितिसकेको छ । हाम्रो विद्यालयले शैक्षिक र वैज्ञानिक कार्यक्रमको साथसाथै बेलाबेलामा शिक्षकहरु र विद्यार्थीहरुको आकाक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दे विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको यहाँहरु सबैलाई अवगत नै छ। यसै सन्दर्भमा “स्वास्थ्यका लागि खेलकुद, शिक्षकका लागि खेलकुद”भन्ने मूल नाराका साथ यहि २०८० असोज १ देखि ३ गतेसम्म दोसो नेशनल मोडल शिक्षक भलिबल प्रतियोगिता २०८० आयोजना हुन गईरहेको छ | हाम्रो देशको राष्ट्रिय खेल भलिबललाई विकास गर्ने राष्ट्र र राष्ट्रियताको भावना अभिवृद्धि गराउन विभिन्न शैक्षिक संस्थाहरु र शिक्षकहरु बिच एकता, मित्रता र सहकार्यको भावनालाई मजबुत बनाउने यस प्रतियोगिताका मूलभूत उद्धेश्यहरु हुन् | विगतमा हाम्रो यस प्रतियोगिताको पहिलो संस्करण उत्साहप्पूर्ण रुपमा सम्पन्न भएको थियो । अब यस दोसो संस्करणलाई हामी अझ मर्यादित, व्यवस्थित एवं परिस्कृत रुपमा सम्पन्न गर्न गई रहेका छौ ।

प्रतियोगितामा पालना गर्नु पर्ने नियम हरु
यस प्रतियोगिताका प्रत्येक खेलहरु फिफाले बनाएको नियम अनुसार खेलाइने छ | प्रत्येक प्रतियोगिले आपनो विद्यालयकों परिचय खुल्ने परिचयप्रत्र सहित उपस्थित हनुपर्ने , प्रत्येक खेलाडीहरु सम्बन्धित विद्यालयकों विशुद्ध शिक्षक (मार्कर टिचर ) ह॒नुपर्ने छ अन्यथा भएको पाइएमा प्रतियोगिताबाट बाहिर जानुपरनेंछ । . प्रत्येक टिममा ९ जना खेलाडीहरु र २ जना प्रशिक्षकहरु रहनेछन् | प्रत्येक खेलाडीले आ-आफ्नो विद्यालय टिमको जर्सी अनिवार्य लगाउनु पर्नेछ र जर्सीकों अगाडी र पछाडी नम्बर स्पष्ट खुलेको वा देखिने ह॒नुपर्दछ । प्रतियोगिताका क्रममा क॒नै विवाद उत्पन्न भएमा आयोजक संस्थाले तोकेकों छानविन समितिको निर्णय अन्तिम हुनेछ । प्रतियोगितामा भाद २५ गते २०८० भित्र पहिला टिम दर्ता गर्न आउने( First Come First Service) १६ टिमहरुलाई मात्र सहभागी गराईने छ | यस प्रतियोगीताको खेल तालिका (Tie-Sheet) २०८० ,भाद्र ३१ गते दिनकों ठिक १ वजे गोलाप्रथा द्धारा घोषणा गरिने छ | प्रतियोगीताका प्रथम चरणका खेलहरु League Cum Knockout का आधारमा Best of three अनुसार खेलाइनेछ र Final चरणका खेलहरु Best of Five अनुसार खेलाइनेछ । सम्पूर्ण प्रतियोगी टिमहरुलाई चार समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहबाट २ वटा टिमहरु Quarterfinal का लागि छनौट हुनेछन् । प्रत्येक प्रतियोगी टिमले खेल शुरु हुनु भन्दा १५ मिनेट अगावै Offical Desk मा जानकारी गराउनुपर्ने छ । यदि कनैपनि टिमले कुनैपनि विषयमा (Protest ) विरोध जनाउन चाहेमा खेल सकिएको १ घण्टा भित्रमा रु २००० तिरी छानविन समिति समक्ष निवेदन दिनु पर्ने छ , दुई वा दुई भन्दा बढी विद्यालयहरुकों संयोजन समेत विशुद्ध शिक्षकहरु (मार्कर टिचर ) को टिम तयार गरी प्रतियोगितामा सहभागीता हुन सकिने छ प्रतियोगीतामा प्रथम, द्वितिय र तृतिय हुने टिमहरुलाई निम्न अनुसारकों पुरस्कारको व्यवस्था गरिएकों छ ।
प्रथम पुरस्कार : खसी, मेडल, ट्फी र सर्टिफिकेट
दोश्रो पुरस्कार : बोका , मेडल , टूफी र सर्टिफिकेट
तेश्रो पुरस्कार : एक जोडी कुखुराको भाले, मेडल , टूफी र सर्टिफिकेट रहेको कार्यक्रम संचालक कमल प्रसाद पोखेलले जानकारी दिए ।
