काठमाडौं । समाजवादी मोर्चा निकटका विद्यार्थीहरू इन्जिनियरिङ अध्ययनमा  भएको शुल्क वृद्धिको विरुद्धमा आमरण अनशनमा बसेका छन् ।
आईतबार पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को डीन कार्यालय अगाडि उनीहरुले शुल्क वृद्धिको विरोधमा आमरण अनशन सुरु थालेका हुन् ।
अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष केशव रावलले विद्यार्थीहरुको मागलाई वेवास्ता गरेपछि समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आमरण अनसन सुरु गरेको जानकारी दिए ।
उनले अध्ययन आयोगले जुनशुल्क वृद्धि गरेको छ । यो खारेज नहुँदा सम्म अनसन जारी रहने बताए ।
उनले भने,‘हाम्रो माग शुल्क वृद्धिखारेज होस भन्ने हो ,त्यस लाई वेवास्ता गरेर विद्यार्थीको प्रवेश परीक्षा समेत उनीहरुले स्थगित गर्यो र हामी समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आमरण अनसन सुरु गर्यौ । अध्ययन आयोगले जुन शुल्क वृद्धि गरेको छ । यो खारेज नहुँदा सम्म हामी अनसन बस्छौं ।’
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातकतहको शुल्क वृद्धि गरेको शुल्क फिर्ताको माग राख्दै आमरण अनशन सुरु गरेका हुन् ।
अखिलक्रान्तिकारी केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन सुरु गरेका छन् ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

7 − four =