काठमाडौं ।

बिगत लामो समय देखि बुलन्द रुपमा आफनो आवाजलाई जनताका सरोकार सम्बन्धि बिषय उठान  गर्दै फरकपत्र मिडियाले आफ्नो ११ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । शनिबार गरिएको औपचारिक कार्यक्रममा पूर्व शिक्षा मन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय शिशिर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट वक्तका रूपमा बागमती प्रदेश सभा सदस्य माननीय अमन मास्के रहेका थिए । कार्यक्रममा अतिथिहरुमा नागरिक सचेतना समाज नेपालका सल्लाहकार प्रा.डा. प्रदिपचन्द्र गौतम, अध्यक्ष प्रा. श्यामकृष्ण विष्ट, ग्रामिण आदर्श बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. घनश्याम पुडासैनी, साउथवेस्र्टन स्टेट क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी, विकासप्रेमी पत्रकार तथा सामाजिक अभियान्ता श्रीराम फुटुङ्गे, राप्रपाका केन्द्रीय सदस्य उद्धवराज भेटुवाल, ग्रामसेवा मा.वि.का पूर्व प्रधानाध्यापक विष्णु पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका तारकेश्वर नगर कार्यवाहक सभापति लक्ष्मण तिमिल्सिना, वरिष्ठ पत्रकार श्रीराम पुडासैनी, वरिष्ठ गायक तथा मनमैजु सांस्कृतिक समाजका अध्यक्ष धु्रर्वराज खड्का, कलाकार उत्तम कोदे, ऐश्वर्य सेवा समाजबाट युवराज बस्नेत, तारकेश्वर पत्रकार मञ्चका अध्यक्ष पुकार तिमिल्सिना, नेपाली काँग्रेसका नेता माधव तिमल्सिना, तारकेश्वर शैक्षिक मञ्चका सल्लाहकार शिवहरि लामिछाने, अध्यक्ष नवराज न्यौपाने, समाजसेवी जनार्दन अर्याल लगायतका वक्ताहरु को सहभागिता रहेको थियो ।

फरकपत्र मिडियाको ११ औं वार्षिकोत्सवको  अवसरमा प्रमुख अतिथि शिशिर खनालबाट पानसमा बत्ती बाल्नुका साथै ११ ओटा मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । साथै ११ औं वार्षिकोत्सवको   अवसरमा प्रमुख अतिथिबाट केक काटेर कार्यक्रम सुरुवात गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शिशिर खनाल र विशिष्ट अतिथि अमन मास्केबाट २०७९ सालको एसईई परिक्षामा तारकेश्वर नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत ४ जीपीए ल्याउने ४ जना विद्यार्थी र कक्षा १२ मा ३.६१ जीपीए भन्दा बढि ल्याउने १९ जना विद्यार्थीहरुलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । त्यस्तै तारकेश्वर भित्रका प्लस टु अध्यापन गराउने विद्यालयहरुलाई बेस्ट अवार्ड २०८० प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिशिर खनालले भननुभयो – फरकपत्रले प्रिन्टको क्षेत्रमा ११ वर्षसम्म निरन्तर रुपमा प्रकाशन गर्दै आउनु सामान्य चूनौतिको विषय होइन । यसले आगामी निरन्तरता पाइरहनेछ । अर्को एक प्रसङ्गमा खनालले भने – फरकपत्रले अनलाइनबाट जसरी स्थानीय र राष्ट्रिय महत्वका इस्यूहरुलाई प्राथमिकताका साथ उठाइरहेको छ यसमा धन्यवाद प्रकट गर्दछु । त्यस्तै शिक्षा क्षेत्रको लागि उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थी र कक्षा १२ अध्यापन गराउने विद्यालयलाई फरकपत्रले आफ्नो एनिभर्सरीको अवसरमा सम्मान गर्नु राम्रो कार्यको शुभारम्भ भएको छ । शिक्षा विधेयक संसद्मा टेवुल हुनुपर्ने र उच्च शिक्षाका लागि पछिल्लो १० वर्षमा सबैभन्दा धेरै विद्यार्थी बिदेस जानुले सकारात्मक सन्देश दिएको छैन । नेपालमा नै उच्च शिक्षा लिएर यहिँ काम दिने वातावरण सृजना गर्न सरकारले ध्यान दिन आवश्यक छ ।

विशिष्ट अतिथि अमन मास्केले भने – फरकपत्रले निरन्तर समाज रुपान्तरण र विकासका लागि भ्रष्टाचारमा लिप्त हुनेहरुलाई खबरदारी गर्न आवश्यक छ । जनताको पक्षमा खबरदारी गरिरहेको छ । फरकपत्रले शस्तो लोकप्रियतामा विश्वास राख्दैन । निडर र साहसीपूर्वक पत्रकारिता गर्न फरकपत्रको ेआफ्नै पहिचान छ । विकास र समृद्धिका लागि मिडियाको महत्वपूर्ण भूमिका हुने भएकाले स्वतन्त्रपूर्वक कुनै पक्षधरता नभई मिडियालाई स्थापित गर्न सफल भएकोमा फरकपत्र मिडियालाई धन्यवाद प्रकट गरेका थिए ।

कक्षा १२ मा ३.६१ देखि ४ जीपीए ल्याउने १९ जना विद्यार्थी जसमा पृथ्वीनारायण मा.वि.बाट २ जना, ग्रामिण आदर्श बहुमुखी क्याम्पसबाट २ जना, लालिगुराँश नेशनल एकेडेमीबाट ६ जना, हिम रश्मी हाई स्कुलबाट ४ जना र कौशल स्कुलबाट ४ जना र त्यस्तै एन्जल हार्ट स्कुलबाट १ जना रहेका थिए । कक्षा १२ मा सबैभन्दा उच्चतम जिपीए कौशलका आयुष तिमिल्सिना ३.८२ जीपीए ल्याउन सफल भएका थिए । त्यस्तै लालीगुराँशका सार्जन महताराले ३.७८ जीपीए ल्याउन सफल भएका थिए भने हिम रश्मीका दिव्या कार्कीले ३.७६ जीपीए प्राप्त गरेका थिए । त्यस्तै एसईई परिक्षा २०७९ मा तारकेश्वरभित्र पढेर ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । जसमा हिम रश्मी हाई स्कुलबाट २ जना, एन्जल हार्टबाट १ जना र नर्थ पोएन्ट एकेडेमीबाट १ जना विद्यार्थी रहेका थिए ।

कार्यक्रममा कक्षा १२ अध्यापन गराउने सामुदायिक  र संस्थागत गरी २२ विद्यालयलाई शैक्षिक बेस्ट अवार्ड प्रदान गरिएको थियो ।फरकपत्र मिडिया प्रा.लि.का अध्यक्ष रामशरण न्यौपाने (सुशान्त )को सभापतित्वमा भएको कार्यक्रममा चेतनारायण न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन भूपाल गौतमले गरेका थिए  । कार्यक्रममा बिभिन्न बिधायलय   शिक्ष्यक् , विधार्थी स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

four × 4 =