काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि उनीहरुलाई आफूले छोड्न नहुने बताएको दाबी गरेका छन् ।
मंगलबार संसदमा भएको प्रश्नोत्तरमा सांसद असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा लाहालले सरकार गठन भएदेखिनै सुशासनलाई प्राथमिकतामा राखेको मात्रै बताएनन् जनतामा राजनीतिक प्रणालीप्रति भएको वितृष्णालाई चिरेर जनातामा उत्साह जगाउने काम गरेको दाबी गरे ।
‘भुटानी शरणार्थी प्रकरण सहित घटनामा दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने आशा पलाएको हो ।’
भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको नीति लिएको बताएका उनले भने, ‘कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले कुनै काम गरेका छैन ।’ दोषी कोही नछुटोस भनेर प्रहरी प्रशासनलाई निर्दोष दिएको भन्दै प्रधानमन्त्रीले भने, ‘यदि अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन मेरो पार्टीको त के कुरा ।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five × four =