काठमाडौं । कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर, गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रर्दशन गरेका छन् ।
मंगलबार गाई मार्न पाईदैन, कानूनको पालना गरलगायतका नारासहित काठमाडौंको माईतिघरमा विरोध प्रर्दशन गरेका हुन् ।
उक्त प्रदर्शनमा सहभागि विद्यार्थी शुसान्त आचार्यले गाई मारेर खाने कार्य भईरहेको वेला सरकार टुलुटुलु हेरेर मात्र बसेको आरोप लगाए ।
‘गाईको हत्या भएको सरकार हेरेरमात्र बसिरहेको छ । सरकारलाई कानून पढाउने हिसावले हामी यहाँ आएका हौं ।
उनले गाई मार्नेलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताएका छन् । गाई जस्तो राष्ट्रिय जनावरलाई मारेर पाप गरेको त्यस्तो व्यक्तिलाई सरकारले केही नगरे आफुहरुले नछोड्ने उनिहरुको भनाई छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

8 + twenty =