काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यही भदौ १५ गते शुक्रबार गाईजात्रा ( सापारु ) र रोपाइँ जात्रा समेत मनाइने भएकोले महानगरपालिकाले महानगर भित्र सार्वजनिक बिदादिने निर्णय गरेको हो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै महानगरले महानगरपालिकाको मौलिकअमूर्त सम्पदा संरक्षण गर्न भदौ १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरेको छ । काठमाडौँ महानगर भित्र धेरै मौलिक सस्कृति चाडपर्ब हरुमा गाईजात्रा ले निकै महत्वपूर्ण अर्थ राखेको काठमाडौँका नेवार समुदायले बताएका छन् ।