काठामाडौं । वन तथा वातावरण मन्त्री बीरेन्द्र प्रसाद महतोले जलवायु परिवर्तनबारे यूवा पुस्तामा चासो बढ्दै गएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा अयोजित जलवायु परिवर्तन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा मन्त्री जलवायुको विषयमा जसरी विगतमा कुरा उठ्नुपर्ने हो त्यो नभएको भन्दै अहिले जलवायु परिवर्तनको विकासमा युवा पुस्तामा केहि गरौं भन्ने चासो बढ्दै गएको बताएका हुन् ।
उनले भने,‘देशमा धेरै विद्वानहरु पनि छन् । जलवायुको विषयमा जसरी हामीले कुरा उठाउँनु पर्नेहो विगत देखि नै तर अहिले आएर अलि अग्रता भएको जस्तो लाग्छ । यसमा युवा पुस्ताहरु जोडिएको छ । र जहाँ गए पनि वनमन्त्रालयमा कुरा गर्दै हामी सँग सम्बन्ध राख्न खोज्ने सबै युवा पुस्ता र पढे लेखेकामायसमा केहि गरौं भन्ने चासो देखिनथालेको छ ।’
मन्त्रीमहतोले चुरेलाई बचाउन नसकेको गुनासो गर्दे चुरे भएन भने मधेशलाई पनि बचाउँन नसक्ने टिप्पणी गरे । उनले कुनै पनि संस्थाको बोर्डमा राजनीतिकर्ताले बाली गर्छ भने त्यहाँ बाट राम्रो कामको अपेक्षा गर्नु बालुवामा पानी खन्याउनु जस्तै भएको बताए ।
उनले भने,‘चुरे भएन भने मधेश बच्छ ?मधेश मरुभूमि हुँदैन् ? तर चुरे हामी किन बचाउन सकेका छैनौं ?किनकी जब सम्म कुनै पनि संस्थाको बोर्डमा कुनै राजनीतिकर्ताले बाली गर्छ भने त्यहाँबाट राम्रो गर्ने सोच्नु हुन्छ भने बालुवामा पानी खन्याउनु जस्तै हो ।
उनले जलवायू परिवर्तनलाई हेर्दा सबै भन्दा पीडित नेपाल नै भएको भन्दै त्यसमा पनि बालबालिका र महिला नै बिशेष पीडित देखिएको बताए । पुरुष धेरै जसो विदेश जाने र गाउँमा बालबालिका र महिला मात्र बस्ने हुँदा महिला बढी पीडामा परेको उनको दाबी छ ।
उनले भने,‘जलवायू परिवर्तन लाई हेर्दा सबैभन्दा पीडित नै हाम्रो देश नेपाल हो जस्तो लाग्छ । सबै भन्दा पीडितमा पर्ने र दुखद घट्नामा बालबालिका र महिलानै बिशेष देखिएको छ । सुन्दर देश हाम्रो हुँदाहँदै पनि पुरुषहरु विदेश जाने महिला एक्लै गाउँमा बस्ने र बच्चा घरमा एक्लै बस्ने गर्छन् । कृषि या फर्मतिर हेर्दा बढि अग्रसर महिला हुुन्छन् त्यसैले उनीहरु बढी पीडित भएका हुन् ।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

13 − nine =