स्याङ्जा । बिश्व स्याङ्जालिहरुको साझा सस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको स्थापनाको १५ बार्षिकोत्सब सस्थाको केन्द्रिय कार्यालय पुतलीबजार १ स्याङ्जामा सस्थाका अध्यक्ष टुकराज अर्याल को अध्यक्षतामा सम्पन्न भएको छ।

सस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक अनन्त कुमार श्रेष्ठ को प्रमुख आतिथ्य एबम संरक्षक खेम काफ्ले सस्थापक सदस्य ओम शर्मा प्रमुख सल्लाहकार प्रकाश श्रेष्ठ सल्लाहकार रामु बस्याल ,मनु क्षेत्री ,हरि अर्याल ,सुरेश रेग्मी , युवा संयोजक ओमकार पोख्रेल सचिवालय सदस्य तथा हाम्रो समन्वय सहकारीका अध्यक्ष गुप्त गैह्रे सचिवालय सदस्य तथा कार्यालय ब्यवस्थापक चिरञ्जीवी ढकाल एनसिसी कतारका अध्यक्ष प्रकाश परियार सस्थाका शुभेच्छुक अच्युत पोख्रेल,विशाल अर्याल स्याङ्जा ट्राफिक प्रहरी प्रमुख प्रबिण अर्याल परिवर्तन युवा समुहका अध्यक्ष र सचीव लगायत विभिन्न सामाजिक ब्याक्तित्वहरुको उपस्थितिमा कार्यक्रममा प्रमुख अतिथी तथा सस्थापक अध्यक्ष एबम वर्तमान सल्लाहकार अनन्त कुमार श्रेष्ठ द्वारा १५ औ बार्षिकोत्सब को ब्यानर अनावरण तथा केक काटेर औपचारिक उदघाटन गरिएको थियो ।

उक्त कार्यक्रममा सचिवालय सदस्य गुप्त गैह्रेको स्वागत मन्तव्य बाट अगाडि बढाइएको कार्यक्रममा सस्थापक प्रती सम्मान गर्दै दिबङत सस्थापक प्रती १ मिनेट मौन धारण गरि श्रद्धा सुमन प्रकट गरियो । कार्यक्रम सस्थाका सचिवालय सदस्य तथा कार्यालय ब्यवस्थापक चिरञ्जीवी ढकालले सन्चालन गरिएको कार्यक्रममा सस्थाका पदेन सदस्य प्रकाश परियार सल्लाहकार मनु क्षेत्री रामु बस्याल प्रमुख सल्लाहकार प्रकाश श्रेष्ठ सस्थापक सदस्य ओम प्रकाश शर्मा संरक्षक खेम काफ्ले प्रमुख अतिथी सस्थापक अध्यक्ष तथा संरक्षक अनन्त कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सस्थाका अध्यक्ष टुकराज अर्यालले सस्थाका गतिबिधी सहित कार्यक्रम सफल बनाउन उपस्थित हुनुहुने तथा सस्थाका विभिन्न भुमिका सकृय रहनुहुने सबैलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो । यसै अवसरमा फेदिखोला गाउपालिका २ सर्केटारी निवासी क्यान्सर पिडित बर्ष ३१ कि पुजा अधिकारि कार्कीलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै थप उपचारको लागि सस्थाका सल्लाहकार सुरेश रेग्मी मार्फत स्याङ्जा समाज जापान बाट प्राप्त सहयोग तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको थप सहयोग तथा समन्वयमा रु ६५ हजार आर्थिक सहयोग हस्तान्तरण समेत गरियो ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 − 1 =