बर्दिया । बर्दिया कारागारमा कैद सजाय काटिरहेका एक कैदी आज बिहान कारागारबाटै फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाए पाएर विगत एक बर्ष देखि कैद भुक्तान गरी रहेका ठाकुर बाबा नगरपालिका –८ का २७ बर्षीय अजित बुढा क्षेत्री बर्दिया कारागारबाट भागेका हुन् ।
उनी आईतबार बिहान करिब ३ बजे कारागारको ट्रस्ट माथि रहेको पर्खाल बाट हामफालेर फरार भएको बर्दिया कारागारका प्रमुख सन्तोष वि.क.ले बताए । उनका अनुसार बुढाक्षेत्रीले  गत एक बर्ष देखि बर्दिया कारागारमा कैद भुक्तान गरीरहेका थिए ।
अनुसन्धानको क्रममा बुढाक्षेत्री कट्टु मात्र लगाएको अवस्थामा भागेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाप्रहरी उपरीक्षक सुधिरराजशाहीले बुढाक्षेत्रीफरार भएको थाहापाउनसाथ नेपालप्रहरी र शशस्त्रप्रहरीको टोली परिचालन गरेर खोजी कार्य भैरहेको जानकारी दिए ।
उनले भने, ‘भारतीय नाकासिल गरी भारतीय प्रहरी र भारतीय सिमा सुरक्षा बल सँग समन्वय गरी हुलिया समेत पठाईएको छ । बर्दिया जिल्लाका छिमेकी जिल्लाहरुमा समेत हुलिया पठाएर खोजीकार्य गरिरहेका छौं ।’
२०७१ सालमा ठाकुरबाबा नगरपालिका ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा बुढाक्षेत्री पक्राउ परेका थिए । अदालतमा बयानदिन जाँने क्रममै फरार भएका उनलाई प्रहरीले गत बर्ष मात्र पक्राउ गरेको थियो । क्षेत्रीलाई अदालतले कतव्य ज्यान मुद्दा र फरार अभियोगमा ३० बर्षको कैद सजायको फैसला सुनाएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

3 − 3 =