काठमाडौं।
विनाशकारी बाढीले पाकिस्तानको ठूलो भूभाग ध्वस्त भएको एक वर्षपछि करिब ४० लाख बालबालिका सुरक्षित पानी पिउनबाट वञ्चित भएका छन् । संयुक्त राष्ट्रसङ्घीय बाल निकायका अनुसार यहाँका लाखौं बालबालिका सुरक्षित पानीको पहुँचबाट टाढा भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय बाल कोष(युनिसेफ)ले हालै जारी गरेको समाचारअनुसार त्यस देशका ८० लाख मानिसहरू सुरक्षित पाउने पिउनबाट बञ्चित छन् । त्यसमध्ये लगभग आधा बालबालिका रहेका छन् । उनीहरू सफा पानी बिनानै बाढी प्रभावित क्षेत्रमा बसोबास गर्न बाध्य छन् ।युनिसेफ पाकिस्तानका प्रतिनिधि अब्दुल्लाह फदिलले विज्ञप्तिमा भनेका छन्, ‘बाढी प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका बालबालिकाले यो वर्ष भयानक अवस्था सहेका छन् ।’

फदिलका अनुसार उनीहरूले आफ्ना प्रियजन, घर र विद्यालयहरू गुमाएका छन् । मनसुन वर्षा सकिएसँगै यहाँ अर्को जलवायु प्रकोपको डर बढेको छ । पुनःस्थापनाका प्रयासहरू जारी रखिएका छन्, तर धेरैमा पुग्न सकेको छैन । पाकिस्कानका बालबालिकाहरू बर्सेनि खतरामा छन् । गत वर्ष पाकिस्तानको उत्तरी पहाडी क्षेत्रहरूमा मनसुनी वर्षा र हिमनदीहरू पग्लीएर आएको बाढीले लगभग एक हजार ६०० मानिसको ज्यान लिएको थियो । जसमा एक तिहाइ बढी बालबालिका रहेका थिए । तीन करोड ३० लाख बाढी प्रभावित रहेका थिए । बाढीले देशको एक तिहाइ भाग डुबाएको थियो । बाढीले धेरै घर बगायो र हजारौंलाई खानेकुरा र पिउने पानी बिना अलपत्र पा¥यो । करिब ३० हजार विद्यालय, दुई हजार स्वास्थ्य संस्था र चार हजार ३०० पानी प्रणालीमा क्षति पुगेको युनिसेफले जनाएको छ ।

‘जलवायुसँग सम्बन्धित प्रकोपले प्रभावित जिल्लाहरूमा रहिआएको असमानता अझ गहिराई दिएको छ,’ युनिसेफको विज्ञप्तिमा भनिएको छ, ‘बाढी आउनुअघि नै यहाँका एक तिहाइ बालबालिका विद्यालय बाहिर नै थिए । उनीहरू कुपोषण र आपतकालिन अवस्थामा पुगिसेका थिए । उनीहरूमा सुरक्षित पिउने पानी र सरसफाइको पहुँच चिन्ताजनक रुपमा थियो । बाढीको पानी कम हुन थालेपछि पानी सम्बन्धी रोगले हजारौंलाई सङ्क्रमित गर्न थालेको छ । त्यसमध्ये धेरै जसो बालबालिका रहेका छन् । आफ्ना नानीबाबुलाई झाडापखाला, डेंगु ज्वरो मलेरियाको सङ्क्रमण हुन थालेपछि अभिभावकले सहयोग जुटाउने प्रयास गरिरहेका छन् ।

पाकिस्तान गम्भीर आर्थिक सङ्कटसँग जुधिरहेका बेला बाढी आयो । आर्थिक पीडालाई यसले बढाउँदै लग्यो । यहाँका परिवारलाई गरिबीमा धकल्दै लग्यो । यहाँका धेरै मानिस खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक सामग्री किन्न असमर्थ हुँदै गए । त्यतिमात्र होइन, पूर्व प्रधानमन्त्री इमरान खान भ्रष्टाचारको आरोपमा गिरफ्तार भएपछि त्यसको विरोध प्रदर्शनसँगै यहाँका राजनीतिक उथलपुथलले जनजीवन थप जटिल भएको छ ।

खराब शासनका कारण आर्थिक अवस्था कमजोर भएको भन्दै गत वर्ष खानलाई अविश्वासको मतद्वारा हटाइएको थियो । उनले आफूमाथि लगाइएको आरोप रानीतिक एवं देशको शक्तिशाली सेनाद्वारा निर्देशित भएको दाबी गरेका छन् । गत महिना अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफएफ) ले पाकिस्तानको आर्थिक अवस्था सुधारका लागि ३० लाख अमेरिकी डलर प्रदान गरेको छ । विश्व बैंकका अनुसार केही समय अघि सरकारले आयात र डलर निर्यातमा कडाई गरेको थियो । तर, अर्थशास्त्री शिवान टन्डनका अनुसार देशलाई बजारमा आधारित अर्थतन्त्रका रूपमा फर्काउने सर्तमा आइएमएफले सो ऋण प्रदान गरेको थियो ।

उनले भने, ‘अर्थतन्त्र सुधारका लागि मुद्रा हस्तक्षेपका लागि सिमित अपायहरू मात्र बाँकी रहेका छन् ।’ विश्लेषकहरूका अनुसार गत साता पाकिस्तानी रूपिया हाल ३०१ दरमा कारोबार भइरहेको छ । एसपीआई एसेट मेनेजमेन्टका प्रवन्धक साझेदार स्टीफन इनेसले भने, ‘आइएमएफका सर्तले सरकारलाई व्यापार गर्न बाध्य पार्दा दुर्भाग्यपूर्ण परिणाम ल्याउन सक्नेछ ।’ ‘देशले आयात उच्च पार्दा अमेरिकी डलरको माग बढ्दै जाने र मुद्रामा दबाब परेको हुन सक्छ,’ टन्डनले पनि भने, ‘यस खेलमा केही कारक तत्वहरू रहेका छन् ।’ अमेरिकी बन्डमा आएको उछालका कारण डलरको प्रभावमा रहेका पुँजीहरूमा थप अकर्षण भएकाले धेरै उदयीमान बजार मुद्राहरू दबाबमा परेका छन् । उच्च मुद्रास्फीति, प्रतिकूल वित्तीय गतिशीलता र व्यापक बाह्य वित्तीय अन्तरका कारण पाकिस्तानको रूपिया कमजोर भएको छ ।

त्यसैगरी जनसंख्याो पाँचौ भागलाई समेट्ने आइएमएफको तथ्याङ्क अनुसार पाकिस्तानको गरिबी दर २१ दशमलव ९ प्रतिशत पुगेको छ । चरम गरिबीका कारण कयौं देश छोड्न बाध्य भएका छन् । बढ्दो भोकमरी र आकासिदो मूल्य तनाव, चिन्ता र निराशा निम्त्याएको छ । इस्लामको पवित्र महिना अप्रिलमा रमजानका लागि एक किलो पिठोका लागि सयौं मानिसहरू सडकमा लाइनमा उभिनुपर्ने अवस्थामा हुँदा घातक भागदौडको अवस्था सिर्जना भएको थियो ।

युनिसेफले यस महिनाको सुरुमा पनि जलवायु संकट र अन्य चरम मौसमी घटनाहरूको प्रभावले दक्षिण एसियाका बालबालिकामा विनकाशकारी प्रभाव परिरहेको चेतावनी दिएको थियो । यस क्षेत्रका झण्डै आधा अर्ब बालबालिका उच्च तापक्रममा परेका छन् । जलवायु सङ्कटका कारण जनजीवन खतरामा हुँदै गएको छ । सन् २०२० को तथ्याङ्कअनुसार अफगानिस्तान, भारत र पाकिस्ततलगायतका देशहरूमा अनुमानित ४६ करोड बालबालिका ८३ दिनसम्म ३५ डिग्री सेल्सिय (९५ फरेनहाइट) भन्दा बढी तापक्रममा बस्नुपरेको छ । अठार वर्ष मुनिका बालबालिका लागि दक्षिण एसियामा सबैभन्दा बढी प्रभावित भएका छन् ।

युनिसेफका फादिलले पाकिस्तान सरकार र यसका साझेदार एजेन्सीहरूलाई ‘बालबालिका र परिवारका लागि आधारभूत सामाजिक सेवामा दिगो लागानी बढाउन बढाउन आह्वान गरे । उनले भने, ‘हामी पाकिस्तानका बालबालिकार्ला बिर्सन सक्दैनौं । बाढीको पानी गयो, तर जनवायु अस्थिर रहेका क्षेत्रमा समस्या चिउँको तिउँ रहन्छ ।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

4 × 3 =