काठमाडौं ।
एसिया कपअन्तर्गत भोलि (सोमबार) भारत र नेपाल भिड्दैछन् । यसअघि नेपाल पाकिस्तान संग पराजित भएको थियो भने भारत र पाकिस्तान बीचको खेल वर्षाका कारण रद्द भएर दुवै टिमले १-१ अंक बाँडेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिम भारतसंग प्रतिस्पर्धा गर्न अहिले श्रीलंकामा छ । सोमबार (भोलि) श्रीलंकाको क्यान्डीमा नेपाल र भारतबीच खेल हुनेछ । यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पत्नी निकिता पौडेल र रास्वपाका केन्द्रिय सदस्य तथा रविका सहयोगी दीपक बोहरा नेपाल-भारत खेल हेर्न श्रीलंकातर्फ लागेका छन् ।

उनी निकट श्रोतका अनुसार नेपाली राष्ट्रिय टीमलाई हौसला दिन लामिछाने श्रीलंका प्रस्थान गरेका हुन् । क्रिकेटप्रेमी अरू केही व्यक्ति पनि खेल हेर्न नेपालबाट श्रीलंका गएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =