काठमाडौं ।
आज एसिया कपमा भारत–नेपाल बिच पहिलोपटक प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल र भारत दुवैका लागि सुपर फोरमा पुग्न यो खेल महत्वपूर्ण छ । भारतलाई जितले त सजिलै सुपर फोरमा लैजान्छ भने बराबरी या वर्षा बाधक बन्दा पनि फाइदा पुग्छ । नेपालका लागि भने जितको कुनै विकल्प छैन । त्यहाँको मौसम विभागका अनुसार पानी पर्ने सम्भावना पनि देखिएको छ । पानी परेर खेल स्थगित भए नेपालका लागि भारतजस्तो टिमसँग खेल्ने अवसरसमेत गुम्नेछ ।

भारत १ अंकसहित समूहको दोस्रो स्थानमा छ भने नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको भारी अन्तरले हार्दै शून्य अंकका साथ पुछारमा छ । पाकिस्तान ३ अंकसहित सुपर चारमा पुगिसकेको छ । छिमेकी राष्ट्र भारत सँग खेल्न नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २७ वर्ष कुनुप–यो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलो पटक भारतसँग खेल्ने मौका पाएको हो । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमने–सामने हुन लागेका हुन् ।

यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पत्नी निकिता पौडेल र रास्वपाका केन्द्रिय सदस्य तथा रविका सहयोगी दीपक बोहरा नेपाल-भारत खेल हेर्न श्रीलंकातर्फ पुगेका छन् । लामिछाने श्रीलंका पुगेर नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई भेट गरेका छन्। साथै उनले नेपाली राष्ट्रिय टीमलाई हौसला तथा शुभकामना दिन श्रीलंका पुगेको बताएका छन्। उनि लगायत अन्य क्रिकेटप्रेमीहरु पनि खेल हेर्न नेपालबाट श्रीलंका गएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =