काठमाडौं ।
नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मदिन भाद्र २४ लाई नेपाली कांग्रेसले हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उनले पुर्याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ ।

विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्ष स्थानमा रहेका छन् । यसै सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० श्रावण २ देखि १० गते सम्पन्न बैठकले ११० औं बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने निर्णय गरेको छ ।

यही भाद्र २४, २५ र २६ गते बिपी स्मृतिभवन सानेपा ललितपुरमा हुने उक्त महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवम् निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइन आर्टको सहयोगमा सम्पन्न हुने छ । यस ऐतिहासिक महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । समितिमा देहाय बमोजिम सदस्यहरु रहेका छन्:
१.पुष्पा भुसाल
२. मीन विश्वकर्मा
३. डा. डिला संग्रौला
४.योगेन्द्र चौधरी
५ मधु आचार्य
६.मदनबहादुर अमात्य
७.अब्दुल सत्तार
८.नैनसिंह महर
९.राजीव ढुंगाना
१०.दिलमान पाखिन
११.प्रकाश रसाइली स्नेही
१२.रंगमती शाही
१३. हरिशरण नेपाली
१४.प्रा. डा. गोविन्दराज पोखेल

Submit a Comment

Your email address will not be published. Required fields are marked *

one × four =