काठमाडौं ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ जाने भएका छन् । कागबेनीमा बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि राहात विरतरणको लागि गृहमन्त्रीश्रेष्ठ मुस्ताङ जाने भएका हुन् ।

बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो ।

कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

3 × one =