काठमाडौं ।
व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएको आरोप लगाएका छन् । मंगलबार हङकङ जानु अघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले मारवाडीविरुद्ध आफुले अभिव्यक्ति दिएपछि केपि ओलीले आफुलाई पागल भनेको भन्दै उनी पनि मारवाडीको पार्टनर भएको आरोप लगाएका हुन् ।

‘केपी ओली हजुरवबुवा मारवाडीका पार्टनर हुन् । नेताहरु सबै मारवाडीका पार्टनर हुन् । केही मारवाडीहरु आईजीपीकोमा पनि गएका थिए रे दुर्गा प्रसाईलाई थुन्नप¥र्यो भनेर म हङकङबाट फर्केर आएपछि मैले जानेको छु ।’ उनले प्रत्येकको घर घरमा जाने चेतावनी दिदैँ मारवाडीसंग मिलेर नेताले देश सकेको आरोप लगाए ।

‘ललितानिवास खाने यीनै मारवाडी ,देशको अर्थतन्त्र सक्काउने यीनै मारवाडी,सुनको,केटीको,सुपारी र रक्तचन्दनको तस्करि गर्ने सबै यीनै मारवाडीहुन् । कालले छोड्ला तर मैले छोड्नेवाल छैन् । ’उनले भने ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

10 + twenty =