काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारीले मन्त्रीको कुरा मान्नुपर्ने बताएका छन् । निजामती कर्मचारी युनियनको स्थापना दिवसमा पार्टी सम्बद्ध युनियनले आयोजना गरेको कार्यक्रममा उनले मन्त्रीका कुरा कर्मचारीले मान्नुपर्ने र समझदारीमा नै दुई पक्षले काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टी सांसद कमला पन्तले राजनीतिकै कारण मन्त्री फेरिने वित्तिकै सचिवहरू मन्त्रीको फुटबल बन्ने गरेको भन्दै उक्त समस्यालाई रोक्न सभापतिलाई आग्रह गरेकी थिइन् । साथै उनले राजनीति खराब कि निजामती कर्मचारी त्यसमा अध्ययन गर्नुपर्नेमा जोड दिएकी थिइन् । उनको भनाइलाई संकेत गर्दै सभापति देउवाले आफूसँग फूर्ति गर्ने प्रहरी अधिकृतलाई गृहमन्त्री हुँदा निकाली दिएको उदाहरणसमेत प्रस्तुत गरे ।

देउवाले भने, ‘म भर्खर गृहमन्त्री भएको थिए, एउटा पुलिस अफिसरले यी आउने जाने हुन् कति दिनका हुन् र ? गृहमन्त्रीहरू भोलि गइहाल्छन् नि भन्यो । म त जाउँला तँ चाहीँ कहिल्यै आउँदैनस् भनेर निकालि दिए । अरुले त्यही गर्नुपर्छ भनेको होइन । तर, मन्त्री भैसक्यो के गर्नुहुन्छ कुरा मिल्दैन भने भन्नुप¥यो ।’

नहुने कुरा कर्मचारीले गर्नुपर्छ भन्नेभन्दा पनि मन्त्रीका कुरालाई कर्मचारीले मान्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले स्पष्ट पारे ।सभापति देउवाले भने, ‘नहुने कुराहरू गर्नुपर्छ भन्ने होइन तर साथसाथै मन्त्रीसँग के कुराले चित्त बुझेको छैन, उसित कुरा गर्नुप¥यो र मन्त्रीको कुरालाई पनि मान्नुपर्ने हुनसक्छ । यो आज मात्रको होइन संसारभरको झगडा हो ।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

12 − six =