काठमाडौं ।
परोपकार मातृ तथा स्त्री अस्पतालका महानिर्देशक डा. संगीता मिश्रले, महिलाको पाठेघरमा क्यान्सर गराउन सक्ने भाइरसविरुद्धको खोप सेवा सुरु गर्न लागिएको जानकारी दिएकी छिन् । परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको ६४ औं वार्षिकोत्सव कार्यक्रममा उनले अस्पतालले यही भदौ २७ गतेबाट महिलाको पाठेघरमा क्यान्सर गराउने ह्युमेन पापिलोमाएचपीभी भाइरसविरुद्धको खोप अभियान संचालन गर्न लागिएको जानकारी दिएकी हुन् ।
‘यसै अस्पतालबाट भदौ २७ गते बाट हामी नेपाल माडेमेन्सट्रेशन प्रोजेक्टको रुपमा एच्पीभीको भ्याक्सिनको सुरुवात गर्न लागेका छौ ।यो भ्याक्सिनले क्यान्सरबाट आमा र बालबालिकाहरुको मृत्युको समस्याहरु न्यूनिकरण गर्ने विश्वास गरेको छु ।’ मातृ तथा शिशूको स्वास्थ्य सुधारको अस्पतालको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उनले त्यसको लागि सम्पूर्ण अस्पतालको कर्मचारीको योगदान अमुल्य रहेको भन्दै प्रशंसा गरिन् ।
त्यस्तै ह्युमन मिल्क बैंक र सुरक्षित गर्भपतन सेवापनि प्रसुति अस्पतालबाटै सुरु भएको भन्दै उनले थप सुधारका लागि आवश्यक पहल गर्ने बताइन् । ‘ह्युमन मिल्क बैंक’ को कल्पना धेरैले गरेका थिए भाग्यले साथ दिएर त्यसको स्थापना हामीले गरेका छौ । यो कार्यक्रम एकदम सफलतापूर्वक सञ्चालन भईरहेको छ ।’ उनले भनिन् ‘यसको साथै सुरक्षित गर्भपतनको सुरुवात पनि यही अस्पतालबाट भएको थियो भने त्यो काम पनि सकारात्मक रुपमा सफल भएको छ ।’ सोही कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.आर पी विच्छाले आगामी योजनामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ समेट्ने प्रतिवद्धता जनाए ।