काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन् । बुधबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललिता निवास जग्गा सरकारको स्वामित्वमा ल्याउन ठोस पहल थालिएको दाबी गर्दै छिटै सरकारकै नाममा दर्ता हुने जिकिर गरे ।

उनले भने,‘बालुवाटारमा ललिता निवास सरकारी जग्गा दलाल कर्मचारी र प्रभावशाली राजनीतिक व्यक्तिहरु मिलेर व्यक्तिको नाममा लैजाने काम भएको छ । त्यसलाई अनुसन्धान गरेर ती व्यक्तिलाई कानूनको दायरामा ल्याउँने प्रकृया अगाडी बढाईएको छ । छिट्टै त्यो जग्गा सरकार मातहतमा ल्याउँने ठोस पहलकदमी चालिने छ र विश्वास छ । त्यो सरकारी जग्गा छिटै सरकारकै नाममा दर्ता हुने छ।’

उनले ६० किलो सुन तस्करीको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचान गरी कानूनको दायरामा ल्याई कारबाही गरिने प्रतिवद्धता जनाए । सुन तस्करी प्रकरण अनुसन्धानरत रहेको र केहि दिन भित्रमा नै निष्कर्षमा पुग्ने उनको जिकिर छ । उनले भने,‘देशभित्र अवैध रुपमा जुन सुनको तस्करी भईरहेको छ । अहिले पछिको ६० किलो सुनको तस्करीलाई आधारीत बनाएर त्यसका अपराधीहरुको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचान गर्ने गरी कानूनको दायरामा ल्याएर कारबाही गर्ने प्रकृया अनुसन्धानरत छ ।केहि दिनभित्रै निष्कर्षमा पुग्ने छ ।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

16 − eight =